back

तरकारीको मूल्य अकासियो , भान्छा चलाउनै हम्मेहम्मे

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार

195 

shares
NTC AD
Global IME AD

२९ कार्तिक, काठमाडौँ । केही समयदेखि दैनिक उपभोग्य हरियो तरकारीको मूल्य ह्वात्तै  बढेको छ । गत वर्षको यसै अवधिको मूल्यको तुलनामा यस वर्षको मूल्य तीन गुणासम्म वुद्धि भएको पाइएको हो ।

तरकारीको मूल्य बढेसँगै त्यसको असर प्रत्यक्ष रुपमा सर्वसाधारणमा देखिएको छ । महँगी बढेसँगै सर्वसाधारणलाई भान्छा चलाउनसमेत हम्मेहम्मे परेको छ ।

सामान्यतया यो सिजन हरियो तरकारीको सिजनको रुपमा लिइन्छ तर पनि बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य तीन गुणासम्म बढेको देखिएको छ ।

समितिले सार्वजनिक गरेको अघिल्लो वर्षको यसै अवधिको मूल्य सूचीअनुसार यस वर्ष काउली, घिउसिमी,बोडी, तीतेकरेला, ब्रोकाउली, परवल, बन्दा गोलभेडा, पालुंगोको साग, चम्सुर, मेथीको साग, हरियो धनिया, अदुवा, प्याज, गाँजर, चुकुन्दरलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य दुइृदेखि तीन गुणासम्म वद्धि भएको छ ।

बजारमा तरकारीको आपूर्ति कम हुँदा मूल्यवृद्धि भएको हो । तरकारी बाली लगाउने समयमा धेरै वर्ष भएको र तरकारी लगाउन ढिलो भएका कारण पनि मूल्य बढेको हो ।

बजारमा सरकारी निकायको अनुगमन नहुँदा बिचौलियाको मनोमानी बढेको कारण पनि तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य जथाभावी बढाइएको छ ।

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १३:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...