Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : प्यारो मातृभूमि

केशव नेपाल,सिन्धुपाल्चोक
८ महिना पहिले
कविता : प्यारो मातृभूमि

 

पूर्वामा टिस्टा
पस्चिममा काँगडा
त्यो बिसाल मातृभूमि
हाम्रा वीर पुर्खाहरु लड्दा लड्दै
हाम्रा वीर पुर्खाहरु भिड्दाभिडदै
हाम्रो मुटुभन्दा प्यारो सिमाना
मेची–महाकाली मै खुम्चियो
त्यै खुम्चिएको मातृभूमि पनि
पूर्व्तिर लुट्दैछन
दक्षिणतिर मिच्दैछन
पस्चिमतिर खोस्दै छन
ती सिमानामा गाडिएका
हाम्रा जंगेपिलर उखेलिन्छ
हाम्रा जंगेपिलर ढालिन्छ
हाम्रा जंगेपिलर फालिन्छ
दशगजाभित्रै
कतै सडक बनाइन्छ
कतै नहर खनाइन्छ
कतै बस्ति बसाइन्छ
कतै बा‘ध बारिन्छ
हाम्रो प्यारो मातृभूमिमा
कहिले उतरी सिमानामा चेकपोस्ट राखिन्छ
कहिले कालापानीमा सुरक्षा फौज राखिन्छ
कहिले हाम्रो भुमि नक्सामा गाभिन्छ
कहिले नाकाबन्दि लगाइन्छ
कहिले हैकम देखाइन्छ
कहिले दादागिरी देखाइन्छ
छिमेकीको स्वाभिमान गिराइन्छ
छिमेकी देशको स्वाधीनता खल्वलाइन्छ
हाम्रो छिमेकी
कति नीच !
कति निर्दयी !!
कति क्रुर !!!
कति दुस्ट !?

तर, इतिहास साक्षी छ
वीर नेपाली न बेलायतसँग झुके
वीर नेपाली न भारतसंग झुके
वीर नेपाली न चीनसँग झुके
बरु
आफ्नो झन्डा फरफराउंदै
आफ्नो मातृभूमि रक्षा गर्न
निरन्तर लडिरहेका छन्
निरन्तर भिडीरहेका छन्
त्यसैले त
वीर नेपाली कशैको दास वनेका छैनन्
आफ्नो स्वाभिमान कहिल्यै गुमाएका छैनन्
आफ्नो शिर कहिल्यै झुकाएका छैनन्
अब पनि वीर नेपाली
मातृभूमि रक्षाका लागि
युगयुगसम्म लडिरहन्छन्
हो, युगौयुगसम्म लडिरहन्छन्

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ५ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ३ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…