Sansar News- Nepal's Fast Khabar Online News Portal

अब नेटवर्क सिग्नल खोज्न अग्ला डाँडापाखा र रुख चढ्नु नपर्ने

संसार न्यूज़
२ महिना पहिले
अब नेटवर्क सिग्नल खोज्न अग्ला डाँडापाखा र रुख चढ्नु नपर्ने

२ मङ्सिर, डोल्पा । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो ।
दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको छ ।

चिनियाँ स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसाता देखि सिङ्गो गाँउपालिकानै सञ्चारविहीन भएको थियो । लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

भरपर्दो टावर नहुँदा पटकपटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याइएको सामान भने बीचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताए । काइके गाउँपालिकामा भने टेलीफोन सेवा अझै सञ्चालन हुन सकेको छैन । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…