Sansar News- Nepal's Fast Khabar Online News Portal

२ वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

संसार न्यूज़
८ महिना पहिले
२ वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

 

३ मङ्सिर, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । (रासस)

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…