back

अब रामपुरको त्रिविमा इञ्जिनीयरिङ पढाइ शुरु

वि.सं.२०७६ मंसिर ३ मंगलवार

198 

shares
NTC AD
Global IME AD

३ मङ्सिर, चितवन । त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो ।

क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन शुरुआत गरिएको हो । तीमध्ये छ जना नियमित र १८ जना पूर्ण शुल्कीय हुन् । नियमितले पाँच वर्षमा रु ५० हजार र पूर्ण शुल्कीयले रु चार लाख हाराहारी तिर्नुपर्ने हुन्छ । यो त्रिविको इञ्जिनीयरिङ अध्ययन संस्थानको पाँचौँ क्याम्पस हो ।

यसअघि यस संस्थानअन्तर्गत ललितपुरको पुलचोक, काठमाडौँको थापाथली, पूर्वाञ्चलको धरान र पश्चिमाञ्चलको पोखरामा इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । पौडेलका अनुसार सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, एप्लाइड साइन्स र इलेक्ट्रिकल इञ्जिनीयरिङ प्रस्तावित थप कार्यक्रम रहेका छन् । पौडेलले सरकारले बजेट र शिक्षक कर्मचारी दरबन्दी उपलब्ध गराएमा आउँदो शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।

भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तीर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गरिएको हो । रामपुरमा त्रिविले खेलकूदका लागि बनाएको पुरानो भवनमा क्याम्पस शुरु गरिएको हो । रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको थियो ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार १३:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...