Sansar News- Online for Global Nepali

तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

एएफपी
२ वर्ष पहिले
तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

४ मसिंर , अफगानिस्तान । अफगानी तालिवान विद्रोहीले सन् २०१६ मा अपहरण गरी बन्दी बनाइराखेका दुई प्राध्यापक रिहा भएका छन् ।

तालिवान समूहले अमेरिकी प्राध्यापक केभिन किङ र अष्ट्रेलियाली टिमोथी वीकलाई मङ्गलबार रिहा गरेको अफगानी तालिवान समूह तथा यहाँको प्रहरीले पनि पुष्टि गरेको छ ।

अमेरिकी प्राध्यापक किङ र अष्ट्रेलियाली टिमोथीलाई बिहान १० बजे अफगानिस्तानको जाबुल प्रान्तको नावबहार जिल्लाबाट रिहा गरिएको छ । उनीहरू अमेरिकी हेलिकोप्टरमा चढी जाबुलबाट उडेका थिए ।

उनीहरूको रिहाइबारे अफगानिस्तानस्थित अमेरिकी राजदूताबासले भने समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिइसकेको छैन । तर अफगानी प्रहरी र तालिवानका विभिन्न तीन समूहले भने ती दुई पश्चिमी मुलुकका प्राध्यापक रिहा भएको बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान लडाकू समूहले बन्धक बनाइराखेको दुईजना व्यक्तिसँग आफ्नो सरकारले बन्दी बनाउँदै आएका तीन तालिवानी लडाकूसँग सट्टापट्टा गर्न लागेको गत मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका थिए ।

सन् २०१६ को अगस्टमा अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा अध्यापनरत प्राध्यापकद्वय अमेरिकी केभिन किङ र अस्ट्रेलियाली टिमोथीलाई तालिवान समूहले अपहरण गरेको थियो ।

अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो विश्वविद्यालयमा पढाएर बाहिर निस्केका ती दुई प्राध्यापकलाई बन्दुकधारीहरूको एक समूहले जबरजस्ती एउटा सवारी साधनमा राखेर लगेको थियो ।

उनीहरूलाई अपहरणपछि पहिलो पटक सन् २०१७ को जनवरीमा एउटा भिडियोमार्फत सार्वजनिक गरिएको थियो । त्यस भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तिनीहरूको सकुशल रिहाइका लागि निश्चित सम्झौतामा सहमति जनाउन आह्वान गरिएको थियो ।

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…