back

टुटल र पठाओ माथि सरकारको प्रतिबन्ध

वि.सं.२०७६ मंसिर ४ बुधवार

216 

shares
NTC AD
Global IME AD

४ मङ्सिर, काठमाडौँ । यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोगको सवारीसाधन मोटरसाइकल र स्कुटर माथि प्रतिबन्ध लगाउने घोषण गरेको छ ।

मङ्सिर ३ गते विभागले एक सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जानकारी दिएको छ ।

उपत्यकाभित्र ‘टुटुल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन् टुटलले यो सेवा दुई वर्षअघि देखि सञ्चालन गरिरहेको छ । यही सेवा सञ्चालनका लागि मात्रै टुटलले करोड रुपैयाँ भन्दा धेरै लगानी गरिसकेको छ । जावलाखेलमा कार्यालय रहेको टुटलमा मात्रै ३० भन्दा धेरैले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

यो एप्स प्रयोग गरी ६ हजार मोटरसाइकल र स्कुटर भाडामा प्रयोग भइरहेका छन् ‘पठाओ’ एप्सबाट भने यस्ता मोटरसाइकल सञ्चालन भएको ६ महिना मात्रै भएको छ । यही प्रयोजनका लागि यसले करिब २० लाख लगानीमा दरबारमार्गमा भव्य कार्यालय खोलेको छ भने टुटलका कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार टुटलसँग मात्रै करिब १० हजार ग्राहक आबद्ध छन् यसबाट दैनिक ३ हजारभन्दा धेरै यात्रुले प्रत्यक्ष सेवा लिइरहेका छन् ।

यस प्रयोजनमा मात्रै ९ हजार मोटरसाइकल र स्कुटर सञ्चालित भइरहेका छन् तर, प्रहरीले कानुन नभएको भन्दै पक्राउ गर्न थालेपछि व्यवसायी सहित यात्रुले पाउँदै आएको सेवा संकटमा परेको टुटलका कार्यकारी अधिकृत भट्टले बताए ।

यातायाता व्यवसायीहरु खुशी
सरकारले निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले पैसा लिएर यात्रु ओसारपसार गर्न रोक लगाउने निर्णय गरेपछि यातायात व्यवसायीहरु भने खुशी भएका छन् । यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले बल्ल आएर सहि निर्णय गरेको प्रतिक्रिया दिएका छन् । यस अघि पनि महासंघले निजि प्रयोजनका लागि दर्ता भएका सवारी साधनलाई यात्रु बोक्न दिन नहुने बताउँदै आएको थियो । यो निर्णय सँगै यातायात व्यवसायीहरुको जित भएको जस्तो देखिएको छ । तर यातायात व्यवसायीहरुका कारणले यात्रुहरुले सास्ती पाउने निश्चित जस्तै देखिएको छ ।

वि.सं.२०७६ मंसिर ४ बुधवार १६:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...