Sansar News- Nepal's Fast Khabar Online News Portal

‘लभ यु हमेशा’को यो हावामा यशराज र ऋचा रोमान्टिक

संसार न्यूज़
२ महिना पहिले
‘लभ यु हमेशा’को यो हावामा यशराज र ऋचा रोमान्टिक

५ मसिंर, काठमाडौँ । प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’मा समाबेश यो हावा किन चल्छ बोलको गीत बुधबार सार्वजनिक गरिएको छ ।

मंसिर १३ गते प्रदर्शन हुने फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन् ।

भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुिन्द्रत टटमा खिचिएको हो । राम जी लामिछानेले कोरियोग्राफी गरेको गीत प्रेम भावले प्रेरित छ ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानकाहलमा सफलताका साथप्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने बिश्वास निर्माता यवनले ब्यक्त गरे । प्रेस मिट कार्यक्रममा अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए ।

कार्यक्रममा उनले सुटिङका क्रममा बिबिध रमाइला पलहरु सुनाएका थिए । अभिनेता ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्म निकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुशीलागेको बताइन् ।

फिल्मका बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’प्रेम मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए ।

उनले आफूहरुले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागीपरेको सुनाए ।

शिब ढकालले खिचेको फिल्ममा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ । मिलन गुरुङ सहनिर्माता रहेको फिल्म मंसिर १३ मा देशभरका हलका साथै भारतका केही थप हलमा प्रदर्शन हुने जानकारी निर्माता यवनले दिएका छन् ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ६ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ४ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…