Sansar News- Nepal's Fast Khabar Online News Portal

गाउँमा बिजुली पुग्दा, स्थानीय खुशी

संसार न्यूज़
३ हप्ता पहिले
गाउँमा बिजुली पुग्दा, स्थानीय खुशी

५ मङ्सिर, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँका स्थानीयवासीले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । वडा नं –१ हेक्पा गाउँमा निर्माणाधीन धुनीतुङ्चा लघु जलविद्युत् सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

निर्माण भएको पाँच वर्षपछि बुधबार काम सम्पन्न भई बत्ती बल्न शुरु भएको वडा नं –१ हेक्पाका अध्यक्ष पेमा लामाले जानकारी दिए । बीस किलोवाट क्षमता भएको धुनी लघुजलविद्युत् परियोजनाको सबै काम सम्पन्न भएर गाउँलाई अन्धकारमुक्त गरिएको उनले जानकारी दिनुभयो । यहाँका स्थानीयवासीले बत्ती नहुँदा अँध्यारोमा सल्लाको दियालो बाल्दै आएका हेक्पावासीले पहिलो पटक बत्ती बल्दा खुशियाली मनाएको स्थानीयवासी अटोक लामाले बताए ।

पावर हाउसमा केही दिन अगाडि उत्पादित विद्युत्को परीक्षणकार्य सफल भएपछि गाउँमा बुधबारदेखि बत्तीबाल्न शुरु गरेको लामाले जानकारी दिए । धुनी लघुजलविद्युत् परियोजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको उनले जानकारी दिए ।

निर्धारित समयको डेढवर्षपछि विद्युत् परियोजनाको निर्माणकार्य सम्पन्न भएको हो । हेक्पा र ताङ्नि गाउँका १४५ घरधुरीका बासिन्दा यसबाट लाभाविन्त भएका छन् । बत्ती आएपछि हेक्पा, ताङ्नि गाउँमा २४ घण्टासम्म गाउँनै झिलिमिली गरिएको वडाध्यक्ष लामाले जानकारी दिए । यातायातको असुविधाले मेसिन तथा अन्य उपकरण पावरहाउस सम्म पु¥याउन समस्या भएपछि परियोजनाको निर्माणकार्य ढिलो भएको अध्यक्ष लामाले बताए ।

वैकल्पिक ऊर्जा र नाम्खा गाउँपालिकाको विद्युत् परियोजनाका लागि रु एक करोड २० लाखकोलागत लागेको उहाँले जानकारी दिए । बत्ती सञ्चालन भएपछि दुई गाउँमा काठ तथा अन्य उद्योग प्रयोगमा ल्याउन सकिने भएको छ । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…