Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालआईस मिस पुर्वाञ्चलको दसौं संस्करणको अडिसन सुरु

संसार न्यूज़
३ हप्ता पहिले
नेपालआईस मिस पुर्वाञ्चलको दसौं संस्करणको अडिसन सुरु

५ मसिंर, धरान । धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ ।

धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागि भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।धरानको अडिसनमा धरान , धनकुटा , तरहरा , इटहरी , बिराटनगर , बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका थिए ।

अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल , मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु ,मिस पुर्वान्चल २०१६ फस्र्ट रनर अप इक्सा मादेन , मिस पुर्वान्चल २०१७फस्र्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पुर्वान्चल २०१८ फस्र्ट रनर अप अनिला क्षेत्री रहेका थिए ।

सहभागीहरुको योग्यता , पर्फर्मेन्स अनुसार मिस पुर्वान्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धा को लागि छानिने र त्यस्तै बिराटनगर , इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढा बाट आउनु छुटेका हरुको समेत आइतबार सम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।

अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ ।प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् ।प्रतियोगितालाई प्रदेश न १ तथा पुर्बी क्षेत्र ब्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको छ ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रम , सामाजिक उत्तरदायित्वका कार्यहरुमा यस वर्ष पनि निरन्तरता दिइनेछ । ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ ।

बराह ग्रुपको प्रस्तुति ,सिजी ब्रुअरी को मुख्य प्रायोजन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेका थिए ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…