Sansar News- Online for Global Nepali

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

संसार न्यूज़
२ वर्ष पहिले

५ मङ्सिर, सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए । तामाङको शब परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । (रासस)

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…