back

आजको सेयर बजार ओरालो तर्फ, कसले कति गुमाए त ?

वि.सं.२०७६ मंसिर ५ बिहीवार

144 

shares
NTC AD
Global IME AD

५ मङ्सिर, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २४६.८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३६.१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटल १२.५३, विकास बैंक ७.३४, जलविद्युत् २.४४, वित्त १.०३, निर्जीवन बीमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बीमा २०.५९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ३० लाख ६७ हजार ६५४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड पाँच लाख ५८ हजार १२७, एनआइसी एशिया बैंक रु एक करोड २८ लाख ४१ हजार ४८७, साल्ट टे«डिङ कर्पोरेशन रु एक करोड २० लाख ४२ हजार ९६७ र लुम्बिनी जनरल इन्स्योरेन्स रु ८६ लाख ९३ हजार ९२५ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.०६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए ।

वि.सं.२०७६ मंसिर ५ बिहीवार १६:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...