back

सहकारीले मागे ८१ कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ मंसिर ६ शुक्रवार

213 

shares
NTC AD
Global IME AD

६ मङ्सिर, काठमाडौँ । विभिन्न ठाउँमा शाखा रहेको एक प्रतिष्ठित सहकारी संस्थाले योग्यता पुगेका साथै अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

मानभवनमा रहेको उक्त सहकारीमा बजार अधिकृतमा १ र बजार प्रतिनिधिमा १५ जना त्यसैगरी न्यूरोडको लागि बजार प्रतिनिधिमा १५ जना, कुलेश्वरमा बजार प्रतिनिधिमा १५, सेक्युरिटी गार्डमा १ र कालीमाटीमा बजार प्रतिनिधिको लागि १५ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले हालसालै खिचिएको फोटो, बायोडाटा र आवश्यक प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिन भित्र उक्त कार्यालयमा पेश गरि दरखास्त गर्नुपर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि फोनः नं. मानभवन– ०१–५५३३३४५, न्यूरोड– ०१–४२२२२०१ र कुलेश्वर– ०१–५१६५१५० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच परियोजन बचत तथा ऋण सहकारी संस्था लिमीटेडले पनि प्रबन्धकमा १, बजार अधिकृतमा १, सुपरभाईजरमा २ र बजार प्रतिनिधीमा १० कर्मचारीको आवश्यकता रहेको सूचना दिएको छ ।

बत्तिसपुतली स्थित उक्त संस्थाले दक्ष तथा ईच्छुक व्यक्तीहरुले आफ्नो शैक्षिक योग्यता, अनुभवको प्रमाण पत्रको प्रतिलिपी, बायोडाटा र १ प्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने जानकारी दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४४९६०००,४४८७७३६ वा ईमेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

त्यसैगरि भिजन एन्ड भ्यालु ओभरसिज प्राइभेट लिमीटेडले पनि एकाउण्टेन्टमा १, रिसेप्सनिष्टमा २ महिला, डकुमेन्टेशन अफिसरमा १ र सेक्युरीटी गार्डमा १ पुरुष कर्मचारीको आवश्यकता रहेको सूचना दिएको छ ।

सामाखुशी स्थित उक्त कम्पनीले आफ्नो योग्यताका प्रमाणपत्र सहित सम्पर्क राख्नुपर्ने जानकारी दिएको छ ।

थप जानकारीका लागि फोनः नं. ४३५८३९५ वा ईमेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ मंसिर ६ शुक्रवार ११:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को...

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

गलेश्वर (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित किसानी कृषि प्राविधिक...

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१...