Sansar News- Nepal's Fast Khabar Online News Portal

महाकुम्भ मेला स्थापित भइसकेको छ : बालसन्त देवाचार्य

संसार न्यूज़
७ महिना पहिले
महाकुम्भ मेला स्थापित भइसकेको छ : बालसन्त देवाचार्य

६ मसिंर, विराटनगर । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको बताएका छन् ।

प्राचीन हरिद्वार चतरा सुनसरीले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन धार्मिक सङ्घसंस्थाहरुले समर्थन र सहयोग गरेकाले पनि नेपालको महाकुम्भ विश्वमै स्थापित भएको बताए ।

उनले नेपाल राष्ट्र र नेपाली जनताको गौरवको रूपमा रहको महाकुम्भलाई असफल बनाउने चौतर्फी प्रयास भए पनि सफल हुन नसकेको बताए । नेपालको महाकुम्भले पनि भारतमा लाग्ने नासिक, उज्जैन, प्रयाग तथा हरिद्वारको कुम्भमेला जस्तै सम्मान र गरिमा प्राप्त गरी सकेकाले नेपालीको यो आस्था र विश्वासलाई कसैले पनि असफल बनाउन नसक्ने बालसन्त देवाचार्यले जिकिर गरे ।

विगत वर्षहरुमा चतराधाममा आयोजना भएको महाकुम्भ मेला सफल भएको खुसियालीमा भारतको वृन्दावनमा आफूलाई भव्य स्वागत र अभिनन्दन गरेकोस्मरण गर्दै उनले भारतका विभिन्न नौ वटा अखडा तथा सन्त समाजले गरेको अभिनन्दनले पनि नेपालमा कुम्भ मेला स्थापित भइसकेको प्रष्ट पारे । सुनसरीको चतराधाममा विसं २०५९ बाट कुम्भ मेला प्रारम्भ भएको हो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ५ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ३ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…