Sansar News- Nepal's Fast Khabar Online News Portal

१० दिनपछि भद्रपुर विमानस्थल पुनःसञ्चालन

संसार न्यूज़
३ हप्ता पहिले
१० दिनपछि भद्रपुर विमानस्थल पुनःसञ्चालन

६ मङ्सिर, झापा । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो ।

गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए । उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन ।

उनले सो धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाख खर्च भएको बताए । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नति लगायतका काम गरिएको हो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…