Sansar News- Nepal's Fast Khabar Online News Portal

कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ

संसार न्यूज़
८ महिना पहिले

८ मसिंर, रुकुम । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो । साविकको सिङ्गो रुकुम जिल्ला हुँदा रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो ।

रुकुम जिल्ला अदालतले समर्पनलाई पाँच महिना २१ दिन, ओमप्रकाश र आकाशलाई पाँच महिना २२ दिन र दीपकलाई पाँच महिना २४ दिन कैद र जनही रु २०÷२० जरिवाना तोकेको थियो । त्यतिबेला फरार भएका उनीहरुलाई लामो समयपछि प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले बताए ।

उनका अनुसार शुक्रबार पक्राउ परेका उनीहरुमध्ये श्रीमान भनिने समर्पन बुढालाई शुक्रबार रुकुमपश्चिम कारागारमा पठाइएको छ । समय अभाव र शनिबार परेकाले बाँकी तीन जनालाई आइतबार कारागार चलानका लागि जिल्ला कारागार रुकुमपश्चिममा पठाइने बताइएको छ ।रासस

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…