back

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते

वि.सं.२०७६ मंसिर ८ आइतवार

195 

shares
NTC AD
Global IME AD

८ मङ्सिर, धादिङ । पृथ्वीराजमार्ग स्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

वि.सं.२०७६ मंसिर ८ आइतवार ११:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...