back

नेपालको वास्तविक नक्शा सार्वजनिक, संयुक्त राष्ट्रसंघसम्म पु¥याइने

वि.सं.२०७६ मंसिर ८ आइतवार

936 

shares
NTC AD
Global IME AD

८ मंसिर, काठमाडौँ । नेपालको वास्तविक राजनीतिक नक्शा सार्वजनिक गरिएको छ ।

‘सीमा बचाऊ नागरीक अभियान’का तर्फबाट आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको वास्तविक राजनीतिक नक्सा सार्वजनिक गरीएको हो ।

हालै भारतले निकालेको नया नक्शाप्रति तिव्र बिरोध जनाउँदै आएको नेपाली नागरिक अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

अभियानका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको र यसले विश्वव्यापी बनाउने जानकारी दिएका थिए । अभियन्ता प्रा डा नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताएका थिए ।

उनले नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै भने ‘डिजिटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेका हौँ’ । उक्त विधिबाट नक्साङ्कन गर्दा नेपाली नक्सामा कालीनदीको मुहान स्पष्ट देखिएको प्रष्ट पारेका थिए ।

अभियानका अगुवा भैरव रिसालले अरुको जमिन नलिने र आफ्नो जमिन अलिकति पनि नछोड्ने अभियानको मूल सिद्धान्त भएको बताउँदै भारततर्फबाट नेपाली भूभागमा अतिक्रमण भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नु परेको बताएका थिए ।

कार्यक्रममा पूर्वराजदूत तथा सीमा अभियन्ता हिरण्यलाल श्रेष्ठले भारतको नयाँ नक्सालाई नेपालीहरु मिलेर प्रतिरोध गर्न आवश्यक रहेको बताए । नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले कालीनदीको मुहानसम्म नेपालको भूमि रहेको प्रमाण सुरक्षित रहेको बताएका थिए ।

भूगोलबिज्ञ शेरबहादुर गुरुङसहित विभिन्न बिज्ञ उपस्थित उक्त कार्यक्रममा पूर्व सचिव तथा सीमा बचाउ अभियन्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारदेखि संयुक्त राष्ट्रसंघसम्म पु¥याइने बताए ।

नयाँ नक्सा सार्वजनिक तथा आगामी कार्यक्रमका सन्दर्भमा सीमा बचाउ अभियानका प्रमुख अभियन्ता स्वनाम साथिले संसारन्युजसँग भने ‘सबै तयारीका लागि तत्पर हुनुको बिकल्प छैन ।’

वि.सं.२०७६ मंसिर ८ आइतवार २०:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...