back

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

वि.सं.२०७६ मंसिर १० मंगलवार

159 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताएकी छन् ।

स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताएकी हुन् ।

“हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढ्नसक्ने हुनुभएको छ” मन्त्री अर्यालले भनीन्,“यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।”

उनले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोवार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानून निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै भनीन्, “सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत शुरु गर्ने तयारीमा सरकार रहेको छ ।”

वि.सं.२०७६ मंसिर १० मंगलवार १६:३१ मा प्रकाशित

NABIL bank AD
काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

गण्डकी । “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई...

 पैँयूमा १३ वटा  सिँचाइ आयोजना निर्माण हुँदै

 पैँयूमा १३ वटा  सिँचाइ आयोजना निर्माण हुँदै

पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३...

सातामा तीन उडान गर्दै रेसुङ्गा विमानस्थल

सातामा तीन उडान गर्दै रेसुङ्गा विमानस्थल

गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको...

अन्नपूर्णमा  जीप दुर्घटना हुँदा दुईको  मृत्यु

अन्नपूर्णमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई...