back

एनआरएनए साइप्रसले गर्यो समस्यामा परेका महिला दिदीबहिनीका लागि सेफ हाउसको व्यवस्था

वि.सं.२०७६ मंसिर १० मंगलवार

165 

shares
NTC AD
Global IME AD

१० मंसिर, साइप्रस । गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको पहलमा साइप्रसमा रहेका नेपाली महिलालाई समस्या पर्दा बस्ने घर (सेफ हाउस) को व्यवस्था गरिएको छ ।

एनआरएनएका निर्वतमान अध्यक्ष सुवास मल्लको पहलमा सुरु गर्न लागेको उक्त सेफ हाउसको हालै नवनिर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन (सुष्मा) को कार्यकालमा समुद्घाटन गर्न लागिएको एनआरएनए साइप्रसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साइप्रसमा विभिन्न अवसरका लागि पुगेका नेपाली महिलाहरुको समस्यामा सहयोग गर्न सेफ हाउसको व्यवस्था गर्न लागिएको अध्यक्ष पुनले संसारन्युजलाई बताएकी छन् ।

पुनका अनुसार साइप्रसको निकोसियामा रहेको उक्त सेफ हाउसको डिसेम्बर १५ मा उद्घाटन तथा हस्तान्तरण  गरिने छ । उनले यस पुनित कार्यका लागि साइप्रसमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी, सहयोगदाता, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको अनिवार्य तथा गरिमामय उपस्थितिको लागि अनुरोध समेत गरेकी छन् ।

झण्डै १५ जना बस्न मिल्ने उक्त सेफ हाउसको मासिक भाडा ५५० युरो रहेको र उक्त रकम मनकारी दाजुभाइ दिदीबहिनी तथा सहयोगीदातासंग अपिल गरिने पनि अध्यक्ष पुनले बताएकी छन् ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १८:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...