Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल घुम्न जाउँ भन्दै अमेरिकामा रहेका विद्यार्थीद्धारा भ्रमण वर्षको प्रचार

संसार न्यूज़
२ महिना पहिले
नेपाल घुम्न जाउँ भन्दै अमेरिकामा रहेका विद्यार्थीद्धारा भ्रमण वर्षको प्रचार

अमेरिका । अमेरिकामा अध्ययन गरिरहेका नेपाली बिद्यार्थीले नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै अमेरिकी नागरिकहरुलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।

अमेरिकाको मिसौरी राज्यस्थित रहेको ड्रुरी युनिर्भ्सिटीमा आर्किटेक्ट ईन्जिीनीयरीङ् अध्ययन गरिरहेकी काठमाण्डौंकी आशिका श्रेष्ठ र सोही युनिभर्सिटीमा बित्त शास्त्र अध्ययन गरिरहेका काठमाण्डौंका ननिश श्रेष्ठले युनिभर्सिटीमा आयोजित कार्यक्रममा नेपालको बिषयमा जानकारी दिदैं नेपाल भ्रमण गर्न आह्वान गरेका हुन् । अन्र्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा युनिभर्सिटीद्धारा आयोजित ग्लोब हब कार्यक्रममा नेपाल सम्बन्धी जानकारीमूलक प्रस्तुति दिदैं उनीहरुले बिदेशीहरुलाई नेपाल भम्रण गर्न आग्रह गरेका हुन् ।

अमेरिकनसहित झण्डै २० मुलुकका बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपालको भाषा, कला, लोक संस्कृति, सांस्कृतीक र पुरातात्विक सम्पदा, नेपालका हिम श्रृंखला, बुद्ध जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय क्षेत्रका बिषयमा जानकारी दिईएको आशिका श्रेष्ठले बताईन् । साथै नेपाल बिश्वकै सर्बोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि भएको देशका रुपमा चिनाउंदै उनिहरुले नेपाल सांस्कृतिक र पुरातात्विक सम्पदाले भरिपूर्ण रहेको जानकारी दिएका थिए । सो अवसरमा आशिका र ननिशको प्रस्तुती माथि जिज्ञासा राख्दै कार्यक्रममा सहभागी अमेरिकनहरुले नेपाल भ्रमण गर्ने प्रतिक्रिया दिएको आशिकाले बताईन् । नेवारी भेषभुषामा सजिएकी आशिका र दौराशुरवालमा प्रस्तुत भएका ननिशले नेपालको राष्ट्रिय झण्डाका साथमा नेपाल सम्बन्धी जानकारीमूलक पोस्टर, तस्बीर, ब्यानर सहित प्रस्तुति दिएका थिए ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न तथा बिदेशीहरुलाई नेपालको बिषयमा जानकारी दिने र नेपालको प्रचार प्रसार गर्ने उद्धेश्यले नेपाल सम्बन्धी जानकारीमूलक प्रस्तुती दिदैं नेपाल भ्रमण गर्न आह्वान गरिएको आशिकाले जानकारी दिईन् ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…