Sansar News- Online for Global Nepali

नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै

संसार न्यूज़
२ वर्ष पहिले
नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै

११ मङ्सिर, काठमाडौँ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी दिएका दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त छन् । प्रतिस्पर्र्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दिएका छन् । नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने छ भने सङ्घीय समाजवादी र सङ्घीय लिम्बूवान मञ्चलगायतले उम्मेदवारी दिएका छन् । धरानमा प्रमुख र वडा नं–७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी भएका थिए । एकवर्ष अघि मिर्गौला रोगका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपाले प्रकाश राईलाई अघि सारेको छ भने नेपाली काँग्रेसले नगर सभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम (लिम्बू) लाई उम्मेदवार बनाएको छ ।

मुख्य एजेण्डा विकास निर्माण

दुई प्रतिस्पर्धी दल काँग्रेस र नेकपाले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको स्वच्छ खानेपानी, व्यवस्थित बसपार्क, फोहर व्यवस्थापन, सुकुम्वासी समस्या, सर्दु र सेउती करिडोर निर्माणलगायत मुद्दा उठाएका छन् । स्थानीय तहको निर्वाचन भएयता धरानको विकास निर्माणको लागि सङ्घ प्रदेशबाट सवा अर्बको बजेट धरानलाई दिएकाले त्यो बजेट सदुपयोग गर्न र अघिल्लो नेतृत्वले थालेका योजना पूरा गर्न आफ्नो उमेदवारी भएको नेकपाको उम्मेदवार प्रकाश राईले बताए ।

शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदका लागि प्रदेश १ को ‘हव’ बनाउन धरानको विकास निर्माणलाई तीव्रता दिने उनको भनाइ छ । नेकपाकै पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोको पालामा २०५४ सालदेखि शुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र सङ्घको लगानीमा कार्यान्वयन हुँदै गएको र खानेपानी योजना पनि पूरा हुने चरणमा रहेको उनले सुनाए । “धरानलाई आधुनिक शहर बनाएर विकासको मोडेल अध्ययनस्थल बनाउछु”, घरदैलोमा भेटिएका नेकपाका प्रकाश राईले भने , “स्व तारा सुब्वाले शुरु गरेका गौरवको आयोजना पूरा गरेर धरानलाई समृद्धि शहर बनाउने मेरो सपना हो ।”

धरानले केन्द्रको बजेट पाउनका लागि सङ्घीयता नै पर्खिनु परेको बताउँदै यति बेला सङ्घ र प्रदेशले रु एक अर्ब २५ करोड बराबरको योजना दिएको उनले बताए । यता काँग्रेसका उम्मेदवार तिलक राईले स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न नेतृत्व परिर्वतन आवश्यक भएको बताए । उनले जनताको घरदैलोमा हाल उपमहानगरमा बेथिति भएको र कर अत्याधिक बढाएको विषयलाई मुद्दा बनाएका छन् ।

२३ जनाको उम्मेदवारी

विसं २०७५ साउन १ मा प्रमुख तारा सुब्बाको दुवै मिर्गौला फेल भएर उपचारका क्रममा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । प्रमुखमा ११ दल र विभिन्न स्वतन्त्र गरेर २३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै वडा नं–७ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । धरान उपमहानगरपालिका–७ को वडाध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा सदस्यबाट राजीनामा दिएर नेकपाबाट जीवनराज सुवेदीले उम्मेदवारी दिएका छन् । यस्तै काँग्रेसबाट सुवर्णमोहन पालिखे, सङ्घीय लिम्बूवान मञ्चकी नीता राई, राप्रपाका दिनेश शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनको अङ्क गणित

अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए । नेपाली काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । यस पटक पनि काँग्रेसले राईलाई नै अघि सारेको छ । साविक माओवादी केन्द्रले ११ हजार १८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता सङ्ख्या ७९ हजार २९० रहेको छ । यो वर्ष १३ हजार ५६३ थपिँदा ९२ हजार ८५३ मतदाता पुगेका छन् । आगामी मङ्सिर १४ को धरानको उपनिर्वाचनमा मतदाता सङ्ख्या ९२ हजार ८५३ छ । २०७४ असार १४ को २०७४ को स्थानीय तहको चुनावमा भएको मतदाता सङ्ख्याभन्दा यो १३ हजार ५५६ बढी हो । धरानमा उपप्रमुखसहित १६ वटा वडामा नेकपाले र काँग्रेसले ४ वटा वडामा जितेको थियो । (रासस)

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…