Sansar News- Nepal's Fast Khabar Online News Portal

टिप्पर पल्टिदा तीनको मृत्यु १३ घाईते

संसार न्यूज़
२ महिना पहिले
टिप्पर पल्टिदा तीनको मृत्यु १३ घाईते

११ मंसिर, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्ँिटदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा नोरी लामा रहेका छन् । टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका-११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा के कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरुको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ । घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा जानु भएको थियो । रासस

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ७ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…