Sansar News- Nepal's Fast Khabar Online News Portal

बिजिड्ब्लुएसद्धारा दिवंगत सेनाको सम्झना,दुईसय ४ वर्षको इतिहासमा पहिलोपटक नेपाल सरकारको पनि सहभागीता

प्रकाश गुरुङ
२ महिना पहिले
बिजिड्ब्लुएसद्धारा दिवंगत सेनाको सम्झना,दुईसय ४ वर्षको इतिहासमा पहिलोपटक नेपाल सरकारको पनि सहभागीता

लन्डन । ब्रिटिश गोर्खा वेदफेयर सोसाइटी बिजिड्ब्लुएसले सदाको वर्ष झै यसवर्ष पनि रिमेम्बरेन्स सन्डे सिनोताप परेडमा भाग लिएर लडाइमा दिवंगत भएका सेनाको सस्मरण गरेको छ ।

संस्थाले आफ्नो स्थापनाकालदेखि (२००३) देखि नै निरन्तर गोर्खाहरुको तर्फबाट परेडमा सहभागीता जनाउँदै आएको छ ।
राजपरिवारका सदस्यहरु, राजनीतिज्ञहरु, कमनवेल्थ देशका प्रतिनिधि, धार्मिक गुरुहरु र ८ सय जना बेलायती सेनाको उपस्थिति रहेको उक्त कार्यक्रमलाई महत्वका साथ हेरिने गरिन्छ ।

स्मरण रहोस् नेपाल र ब्रिटेन सम्बन्धको २०४ वर्षको इतिहासमा पहिलोपटक नेपाल सरकारका तर्फबाट नेपाली दूतावास बेलायतका राजदूत दुर्गा बहादुर सुवेदी ( दुवसु) क्षेत्रीले पनि सहभागीता जनाएका छन् ।

सो अवसरमा संस्थाका सदस्यहरु बिहान ७ बजेदेखि नै गोर्खा भवन फार्नवरोमा परेडका लागि जम्मा भएका थिए । विभिन्न ठाउँबाट आएपछि नौ बजे होर्स गार्डस् परेड ग्राउण्डमा जम्मा भएका सहभागी दशबजे पछि सिनोतापतर्फ मुख्य परेडका लागि प्रस्थान गरेका थिए ।
ह्वाइटलट पार्लियामेन्ट स्ट्रिटमा ठिक ११ बजे बिग बेनको घन्टी बजेपछि सबैजना २ मिनेट शान्त भएर दिवंगतहरुको सम्झना गरिएको थियो ।

 

बिसफ अफ लन्डन डेम सारह मुल्लालेबाट सम्बोधन भएपछि महारानीको तर्फबाट अधिराजकुमार चाल्र्स, उनका छोराहरु विलियम र ह्यारीले दिवंगतप्रति सम्मान व्यक्त गरेका थिए ।

यो दृश्य बेलायतकी महारानी ईलिजाबेथ द्वितीयाले ठूलो बुहारी र नातीसँगै बाल्कोनीबाट अवलोकन गरिरहेकी थिइन् ।
कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, लेबर पार्टीका नेता जेरमी कोर्बिन र लिबडेमका नेता जो स्विनसनको पनि सहभागिता रहेको थियो । साथै पूर्वप्रधानमन्त्री टेरेसा मे, डेबिट क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर, सर जोन मेजरले पनि दिवंगत प्रति श्रद्धा व्यक्त गरे ।

ब्रिटेन–नेपाल बीच २०० वर्षको इतिहासमा पहिलोपटक बेलायतका लागि नेपाली राजदूतले दिवंगत प्रति सम्मान व्यक्त गर्ने अवसर मिलेको थियो । सस्थाका लागि परेड कमान्डर डब्लुओटु टेकबहादुर थापाले लिड गर्दै सिनोताममा पुग्दा आइज राइट गरे र अध्यक्ष मेजर टिकेन्द्र दल देवान जे पीले दिवंगतमा श्रद्धा व्यक्त गरेका थिए । देवानले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै गोर्खाको नामलाई जोगाइ राख्ने कर्तव्य सबैको भएको बताए ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…