Sansar News- Nepal's Fast Khabar Online News Portal

बेलायतको पार्कमा बन्ने भयो पहिलो भिसी विजेता कुल बीर थापाको शालिक

ओम थापा काउचा, बेलायत
२ महिना पहिले
बेलायतको  पार्कमा बन्ने भयो पहिलो भिसी विजेता कुल बीर थापाको शालिक

११ मंसिर, बेलायत । बेलायतको रशमोर अल्डरसटमा एक गोर्खा प्रथम भिक्टोरियाक्रसको शालिक निर्माण हुने भएको छ । शालिक निर्माणका लागि एक कार्यदल समेत गठन गरिएको छ ।

बिर पुर्खाहरुको सम्मान स्वरुप उक्त शालिक निर्माण गरिने बताइएको छ ।

ग्रेटर रशुमोर नेपाली कम्युनिटीले ४ वर्ष अगाडि जी २०० को अवसर पारेर विशेषत होम अफ ब्रिटिश आर्मि भनेर परिचित भएको रशमोर तथा २००३ देखि भुपु ब्रिटिश गोर्खाहरुको बेलायत आउने र बसाइ सराइ गर्ने क्रममा उक्त रशमोर इलाकामा बेलायतकै सबैभन्दा बाक्लो गोर्खाजहरुको बसोबास रहेको छ । होम अफ द एक्स ब्रिटिश गोर्खा नेपाली कम्युनिटी भनेर परिचित भएको उक्त स्थानमा बिर गोर्खाको सम्मान र परिचयका लागि स्थानीय निकाय र काउन्सीलसँग गरिएको अनुरोध अनुरुप एक गोर्खा प्रथम भिसी (भिक्टोरियाक्रस) प्राप्त कुलबीर थापाको शालिक (स्टाचु) स्थापना गर्ने प्रस्ताव स्विकृत भएको छ ।

थापाको शालिक एकवर्षभित्रै अल्डरशट प्रिन्चेस गार्डनमा राख्नका लागि स्वीकृति पाएलगत्तै ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको एक वैठकले राईकै अध्यक्षतामा एक प्रोजेक्ट संयोजन समिति समेत गठन गरेको छ ।

जसमा संयोजकद्धयमा मेजर रि खिम गौचन र क्याप्टेन रि गेयारी घले रहेका छन् भने संल्लाहकारहरुमा गोर्खा ब्रिगेड एसोसियनका अध्यक्ष

मेजर.रि मनीकुमार राई (M.B.E.) र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रि टिकेन्द्रदल देवान जेपीका साथै गेसोका अध्यक्ष कृष्ण राई तथा सत्याग्रहका प्रमुख संयोजक ज्ञानराज राई र  बिश्वका १४ उच्च हिमालहरुको छोटो समयमा आरोहण गरेर किर्तीमानी कायम गरेका पूर्वगोर्खा निर्मल पुर्जा मगर रहेका छन् ।

कोषाध्यक्षमा टोप पल्ली, सहकोषाध्यक्ष उत्तर गुरूङ र टेक बहादुर थापा तथा सदस्यहरूमा के.री राजेन्द्र मान गुरुङ, के.री राजु गुरूङ, के.रि बिर बहादुर थापा, के रि ताम ढेंगा, ले.री सुनिल राना, ले.री लाल गुरूड, ले.रि रेशम शेरचन, ओम थापा काउचा, नेम थापा, शेर सुनार, मेख गुरूङ,  जंग सुनुवार, जिव बेल्बासे, पदम राई, जंगबहादुर गुरूङ, श्रीमती प्रमिला राई, श्रीमती गोमा राना, श्रीमती हेमा राना, मैया के.सी श्रीमती छबीमाया पुन, मान गुरूङ र श्रीमती शुसिला राई रहेको एक संयोजन समिती गठन गरिएको हो ।

समितिलाई अझ सक्रिय बनाउनका लागि पदाधिकारीहरुमा पुन : हेरफेर गर्न सकिने समेत बताइएको छ ।

उक्त प्रोजेक्टका बारेमा मूर्तिकारलाई यसको विषयमा बिशेष अध्ययनका लागि जिम्मा दिइसकिएको बताइएको छ भने मूर्ति निर्माण लगायतका काम र शिलान्यास सम्म झण्डै १ लाख २५ हजार पाउन्ड लाग्ने अनुमान समेत गरिएको समितिका संयोजक मे.रि खिम गौचनले बताएका छन् ।

त्यसैगरी समितिले बृहद छलफल गरेर बेलायतमा रहेका ब्रिगेड एसोसियसनहरु, नम्बरीका संस्थाहरु तथा बेलायतका सबै नेपाली संघ–संस्थालाई यस पुनित कार्यका लागि आर्थिक संकलनका निम्ति अनुरोध गर्ने निर्णय समेत समितिले गरेको छ ।
समितिका अनुसार यदि कुनै पनि व्यक्ति वा संघ संस्थाले १ हजार पाउण्ड भन्दा बढी आर्थिक सहयोग गरेको खण्डमा उक्त शालिकको मार्वलमा नाम लेख्ने र विशेष सम्मान गरिने छ ।

यस कार्यका लागि नयाँ वर्ष २०२० को सुरुवातबाट सबैलाई पत्राचार गर्ने र एक बृहद् च्यारिटी सो गर्ने तथा आउँदो २०२० नोभेम्बर ११ को रिमेम्बर्स डेका अवसर पारेर बृहद् कार्यक्रमकाबीच भिसी थापाको शालिकको अनावरण तथा समुद्घाटन गर्ने निर्णय गरिएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…