Sansar News- Nepal's Fast Khabar Online News Portal

सप्तरीमा ४३९ उद्योग दर्ता

संसार न्यूज़
२ हप्ता पहिले

१२ मङ्सिर, सप्तरी । जिल्लामा उद्योगको सङ्ख्या ४३९ पुगेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १७५ उद्योग दर्ता हुँदा उद्योगको सङ्ख्या ४३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

नयाँ उद्योग दर्ताबाट रु ३८ लाख ७२ हजार ६४० राजश्व सङ्कलन भएको र ५८३ लाई रोजगारी सिर्जना भएको उद्योग अधिकृत सन्तोषकुमार साहले बताए । सो कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जम्मा ४३९ उद्योगले भने एक हजार ४०४ लाई रोजगारी दिएको छ । कूल पूँजी रु ३८ करोड ६९ लाख ८१ हजार रहेका उद्योगले प्रति उद्योग करीब चार जनालाई रोजगारी सिर्जना गरेका उद्योग अधिकृत साहले बताए ।
सो कार्यालयले उद्योग र वाणिज्य दुवै तर्फबाट रु एक करोड ७९ लाख ७३ हजार ६६८ राजश्व आम्दानी गरेको उद्योग साहले जानकारी दिए । मुलुकको आर्थिक विकास र समृद्घिको आधार स्तम्भ उद्योग नै रहेको भन्दै साहले स्वावलम्बी तथा आत्मनिर्भर भई उद्योग व्यवसाय दर्ता गर्ने प्रक्रियामा तीव्रता आएको बताए ।

घरेलु तथा साना उद्योग र उत्पादनले प्रोत्साहन पाएकामा खुशी व्यक्त गर्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले ठूला उद्योग स्थापना गर्न प्रदेश र सङ्घीय सरकारले जोड दिनुपर्ने बताए । उद्योगको विकास नभए जिल्ला र मुलुकको विकास नहुने भन्दै प्रधानले सबै निकायले एक भएर औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…