Sansar News- Nepal's Fast Khabar Online News Portal

मगर संघ युकेद्धारा एक करोडको अक्षयकोष पूरा भएको जानकारी, विश्व किर्तीमानी पूर्जालाई सम्मान

बम थापा (सुर्यवंशी)
२ महिना पहिले
मगर संघ युकेद्धारा एक करोडको अक्षयकोष पूरा भएको जानकारी, विश्व किर्तीमानी पूर्जालाई सम्मान

१२ मंसिर, युके । मगर संघ युकेले आफ्नो एक करोडको अक्षकोष पूरा भएको जानकारी दिएको छ ।

संघले नोभेम्बर २३ का दिन एक कार्यक्रमकाबीच नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीका लागि स्नाकोत्तर तथा विद्यावारिधीका लागि निर्माण गरेको अक्षयकोषमा रु १ करोड पूरा भएको जानकारी दिइएको हो ।

संघले अक्षयकोष स्थापनाका लागि २०१५ देखि च्यारिटी कार्यक्रममार्फत् रकम संकलन सुरु गरेको थियो ।

संघका अध्यक्ष सुनिल रानाको अध्यक्षता, विश्व किर्तीमानी हिमाल आरोहि निर्मल पूर्जाको प्रमुख आतिथ्यता तथा लेफ्टिनेन्ट कर्नेल याम राना, खेंबो निमासिँगे रामजाली मगर, डा. निरज थापा तथा डा. बल थापाको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा संघका पूर्वअध्यक्ष चिम्खोले काइँलाले संघले सुरु गरेको एक करोडको अक्षयकोष पूरा भएको जानकारी दिएका थिए ।

संघका महासचिव रुद्र थापाको संचालन रहेको उक्त कार्यक्रममा कार्यक्रमका संयोजक एवं उपाध्यक्ष छविमाया पुनको स्वागत मन्तव्य रहेको थियो भने चिम्खोले काइँला र संघका सल्लाहकार रमेश साराङकोटी मगरले मगर स्नाकोत्तर तथा विद्यावारिधी अक्षयकोष स्थापना गर्नुका बारेमा बताएका थिए ।

सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा विश्वकिर्तीमानी कायम गरेका हिमाल आरोहि निर्मल पुर्जामगरलाई हिमाल आरोहणका क्षेत्रबाट विश्वभरी देशलाई चिनाउन सफल भइ सम्पूर्ण नेपालीले गर्व गर्ने काम गरेको भन्दै संघद्धारा खादा ओढाएर सम्मान गरिएको थियो । सम्मानित पुर्जाले व्यक्तिगत खुसीका लागि नभएर नेपाल र नेपालीका लागि किर्तीमानी कायम गरेको बताउँदै हिमाल आरोहणका क्रममा बटुलेको अनुभव सुनाएका थिए ।

उक्त कार्यक्रममा नेपालबाट आएका चर्चित गायक प्रकाशखप्तरी मगर र गायिका दिमा रोका मगरको सांगितीक प्रस्तुति रहेको थियो भने बेलायतमा रहेका मगर युवाहरुले युथ ट्यालेन्ट प्रतियोगिता र फेशन सो प्रदर्शन गरेका थिए । उक्त युथ गट ट्यालेन्ट शोको सोम राना, दिया पुन र निकिता बुढाले मूल्यांकन गरेको शो मा केन्ट शाखाका जोडि रिया थापा र इसमे थापा पहिलो, स्विडन शाखाका ललित थापा दोश्रो र युएचएसबी शाखाका रामुना पुन तेश्रो भएका थिए ।

मगर गट ट्यालेन्टको संयोजक किशोर रानाले गरेका थिए भने दीपक थापा, मैथाने मगर, दिनेश रोका र जानकी रोकाको उद्घोषण रहेको थियो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…