back

अमेरिकामा पहिलो दक्षिणपूर्व एसियन रिपब्लिकन क्लवको स्थापना, डेविड आचार्य अध्यक्षमा निर्वाचित

वि.सं.२०७६ मंसिर १२ बिहीवार

144 

shares
NTC AD
Global IME AD

विजय थापा,डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलोपटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लवको स्थापना भएको छ । जस्को नेतृत्वमा टेक्सास ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य निर्वाचित भएका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका दक्षिण पूर्व एसियनहरुको प्रयासबाट स्थापना भएको उक्त क्लवको औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन गठन गरिएको हो ।

क्लबको मुख्य उद्धेश्य अमेरिकन नागरिक जस्ले अमेरिकी रिपब्लिकन दलका सिद्धान्त प्रति विश्वास गर्ने र जस्ले रुढिवादी मुल्यलाई समर्थन गर्ने जनाएका छन् । यसको साथै रिपब्लिकन पार्टीका उम्मेदवार भएमा यसका सदस्यहरु एक ढिक्का भई निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउनु र संलग्नता रहनु समेत रहेको जनाएको छ ।

मुलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएको कारण आफ्नो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना भएको नवनिर्वाचित अध्यक्ष देवी डेविड आचार्यले जनाएका छन् ।

आचार्यले भबिश्यमा यसको बिस्तार अमेरिकाका विभिन्न राज्यहरुमा गरिने समेत जानकारी दिए । हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेविड आचार्य, उपाध्यक्षमा बब भण्डारी, महासचिवमा कमल शर्मा र संचालक समिति सदस्यको सभापतिमा शंकेश सुबेदी तथा जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् ।
उक्त क्लव गठन हुँदा रिपब्लिकन दलका बिधायक, न्यायाधिश,नगर प्रमुख लगायत नेपाली समुदायका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आएका दक्षिण पूर्व एसियनहरुले क्लवमा प्रवेश गर्ने ईच्छा गरेको जानकारी आचार्यले दिए । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिएको थियो ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार १७:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...