Sansar News- Nepal's Fast Khabar Online News Portal

यसरी कमजोर बन्दै छ मोदीको एनडिए गठबन्धन

संसार न्यूज़
१ हप्ता पहिले
यसरी कमजोर बन्दै छ मोदीको एनडिए गठबन्धन

काठमाडौं । महाराष्ट्र राज्यमा सिंहासनको लागि भएको घमासान लडाईंपश्चात भाजपा मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट चार दिनमै राजीनामा दिए । नाटकीय ढंगबाट सरकार बनेको केहि समय लगत्तै बहुमत गुमाएपछि फडणवीसले पदबाट राजीनामा दिएका हुन् ।

फडणवीसले राजीनामा दिएसँगै विहिबार महाराष्ट्र राज्यको मुख्यमन्त्रीका रुपमा उद्धव ठाकरेले सपथ लिएका छन् । उनले शिवसेना, राष्ट्रवादी कंग्रेस र कंग्रेस गठबन्धनबाटै मुख्यमन्त्री बनेका हुन् ।

अदालतले फ्लोर टेस्ट पास गर्न निर्देशन दिएसँगै फडणवीसले पदबाट राजीनामा दिएका हुन् । फडणवीसलाई बुधबारसम्म फ्लोर टेस्ट गर्नको लागि अदालतले निर्देशन दिएको थियो । महाराष्ट्र राज्यको सिंहासनबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)लाई निकै ठूलो धक्का पनि लागेको छ ।

ठूला राज्यबाट एनडीए गठबन्धन बाहिरिदैं
२०१७ सम्म ७२ प्रतिशत राज्यमा शासन गरिरहेको एनडीए गठबन्धन धराशायी बन्दै गएको छ । मध्य प्रदेश, राजस्थान छत्तीसगढ र महाराष्ट्रजस्ता ठूला राज्यहरुको सत्ताबाट गठबन्धन बाहिरिएको हो । गठबन्धन २०१९ सम्म आउँदा ४१ प्रतिशत राज्यमा मात्रै सिमित भएको छ ।

यद्यपी मिजोरम र सिक्किमजस्ता साना राज्यहरुमा एनडीएले नयाँ खाता खोलेको छ । अहिले भारतका १७ राज्यमा एनडीएको सरकार छ । जसमध्ये १३ राज्यमा भाजपा र अन्य चार राज्यमा त्यहाँका सहयोगी दलहरुको सरकार छ ।

केन्द्रीय राजधानी दिल्लीबाट पहिलादेखि नै टाढा

एनडीए सुरुदेखि नै राष्ट्रिय राजधानी दिल्लीको सत्ताबाट टाढा छ । पछिल्लो सत्ता च्यूतसँगै आर्थिक राजधानी मानिएको महाराष्ट्रबाट पनि एनडीए बाहिरिएको छ । महाराष्ट्रको कूल जीडीपी करिब ३० लाख करोड भारतीय रुपैया छ । यो देशको जीडीपीको १४ प्रतिशत हिस्सा हो । भारतका मुख्य ४० प्रतिशत कर्पोरेट अफिस पनि महाराष्ट्रमा नै रहेको बताइन्छ ।

आर्थिक राजधानी महाराष्ट्रबाट पनि बाहिर

उत्तर प्रदेशपश्चात लोकसभामा सबैभन्दा धेरै सीट अर्थात ४८ सीट महाराष्ट्रको छ । आर्थिक राजधानी र धेरै सीट भएको कारण पनि एनडीए गठबन्धनको लागि महाराष्ट्र महत्वपूर्ण रहेको थियो । तर, महाराष्ट्रमा ठूलो शक्ति हुँदा हुँदै पनि बहुमत जुटाउन नसक्दा एनडीए गठबन्धन बाहिरिन बाध्य भयो । अहिले महाराष्ट्रमा भाजपासँग मात्रै १०५ सिट छ । भाजपा महाराष्ट्र धेरै सीट भएको ठूलो दलसमेत हो ।

कुन कुन राज्यमा छ एनडीएको सरकार ?

अहिले एनडीए गठबन्धनको नेतृत्वमा हिमाञ्चल, उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, बिहार, झारखण्ड, सिक्किम, आसाम, अरुणाञ्चल, नागाल्याण्ड, मनिपुर, मेघालय, त्रिपुरा, मिजोराम, गुजरात, कर्नाटक र गोवामा सरकार छ ।

ठुलो जनसंख्या हिस्सा मानिएको मध्य प्रदेश, राजस्थान, महाराष्ट्र, उडिसा, राईपुर, आन्ध्रप्रदेश, तमिलनाडु र केरलालगायतका राज्यबाट एनडीए सत्ता बाहिर छ । २०१७ सम्म एनडी गठबन्धले राजस्थान, मध्यप्रदेश, महाराष्ट्र, आन्ध्र प्रदेशलगायतका महत्वपूर्ण राज्यहरुमा पनि सरकार बनाएको थियो । (एजेन्सीको सहयोगमा)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…