back

पाँच मुक्तक

वि.सं.२०७६ मंसिर १४ शनिवार

1.9K 

shares
NTC AD
Global IME AD

१ .
जिस्किदै तिम्रा कोमल अंग, छुदा मजा लाग्छ
किन हो मलाई तिम्रै साथमा, हुँदा मजा लाग्छ
खुलेर यो मनमा लुकेको, सारा पिडाहरु सुनाई,
तिम्रो न्यानो अंगालोमा परी, रुदा मजा लाग्छ ।

२ .
तिमीलाई दुनियाँ रुवाउने, कला सिक्नु छ
तर मलाई संसार हसाउने, कला सिक्नु छ
नधोएर गयो न रोएर गयो, यो दिलको घाउ,
मलाई त्यहि याद धुलाउने, कला सिक्नु छ ।

३.
हामीले जस्तो गर्यौ कर्म, उस्तै फल मिल्छ हजुर
प्रतिक्षा गर्न सिक्नुस, खुशिको पल मिल्छ हजुर
सजग रहनु आबश्यक छ, चिप्ला कुरा गर्नेसँग,
पराईको के कुरा, यारहरुबाट छल मिल्छ हजुर ।

४.
महिला अधिकार पोको पारी राख्छन झोलामा
सोझासाझा महिलालाई मारी फाल्छन खोलामा
बालबालिका र नारीको कस्ले सुरक्षा गर्ने अब,
अझै के–के देख्नुपर्छ बाचुन्जेल को यो चोलामा ।

५.
ओठ टोकि मुस्काउँदै, हेर्यौ यार बार्दलि बाटै
उर्लदो बैशको धोको, फेर्यौ यार बार्दलि बाटै
कसम गोलि लाग्यो दिलमै, कस्तो जादु गर्यौ,
मलाई नजरकै, घेरामा घेर्यौ यार बार्दलि बाटै ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...