Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथा : सँधियार

संसार न्यूज़
७ दिन पहिले
लघुकथा : सँधियार

ज्यूदाका जन्ती र मर्दाका मलामी ठानेर उसले आजसम्म केही बोलेन । नबोल्नुको अर्थ स्वीकृति थिएन, उसको सहनशीलता थियो । हुन सक्छ, सहनशीलताभित्र अलिकति बाध्यता पनि मिसिएको थियो । साँधको आँठो सरेकोमा दुःख त अवश्य नै लागेको थियो तर बदलामा मिलेको आत्मीयजस्तो लाग्ने व्यवहारमै चित्त बुझायो, उसले । भन्थ्यो, ‘ढुङ्गाको भर माटो माटाको भर ढुङ्गो !’

परार साल भूकम्प आयो । हल्लिएनन् छिमेकीका महल, भत्कियो उसकै मूलघर । अचानक बेघर हुँदा आत्तिएको थियो मन तर छिमेकीले नै देखाए, दया । भने, ‘हामी छौँ नि ! किन आत्तिन्छौ ?’ नभन्दै उनीहरूले नै दिलाए काम्लो र त्रिपाल । पोहोर साल बाढीपहिरो चल्यो । बगेन छिमेकीको गैरीखेत । उसैको सीमखेत हुँदै बगेको छ, खोलाको मूलधार । यसपटक पनि छिमेकीले नै देखाए, सद्भाव । भने, ‘आऊ न यतै बस, आफ्नै सम्झिए हुन्छ ।’ अनि उनीहरूकै भान्साको जुठोपुरोले पालियो पेट । बदलामा केही खोजेनन् उनीहरूले । अलिकति आँठो सरेको त पत्तो पाएको थियो, उसले । तर, केही बोलेन किनभने उनीहरूकै नासोझैँ लागेको थियो आफूले फेर्ने सास । उसलाई लाग्यो होला–गाँस, बास र कपासमा रूपान्तरित हुन नसकेको चौधेराभित्रको बाँझो आँगनभन्दा पैँचो पाएको अन्न र तमसुकमा आएको रुपियाँ लाभदायी छ । यस बीचमा अनेकौँ वज्रपात बज्रिए उसका सपनामाथि । मानौँ ओइलाएको फूलझैँ भयो उसको जीवन । दुःखसुख, पन्छाएर ढुङ्गामाटो पुरानै चरमा उसले नयाँ घरको जग हाल्यो । जसोतसो बनायो पक्की घर । यसमा पनि हार्दिकता नै देखाए छिमेकीले । छिमेकी जति नम्र देखिन्थे उति सर्दै जान्थ्यो बिस्तारै सीमाको आँठो ।

गाउँमा नापीटोली आयो । दुवैतिर छिमेकमा खसी ढले । सबैले खाए, भोज । उसले पनि भेट्टाएकै हो, रहलपहल । सँधियारहरू आफ्नो साँध सिमाना खुट्याउन थाले । टोलीले नापनक्सा लियो । पुराना नापीनक्सा पनि भिडे तर भिडेन उसको लालपुर्जा । पुर्पुरोमा हात राखेर खुइय सुस्केरा हालेपछि गर्जियो ऊ, ‘मेरा बाउबाजेको रगतपसिनाले भिजेको माटो हो, यो । ठट्टा हो र !’ कलेटी परेका ओठ दुवै दाँतले च्यापेर सकिनसकी फेरि चिच्यायो, ‘भलो हुन्न पापीहरूको, मान्छेले नदेखे ईश्वरले हेर्छन् ।’ ऊ पिँढीमा थुचुक्क बस्यो । मानौँ केही भएकै छैनझैँ खितखिताइरहेका थिए सँधियार । हेर्दाहेर्दै उत्तरको सँधियारले करेसाबारीमा पर्खाल लगायो । दक्षिणकाले पूरै आँगन भित्रायो । उसले टोलीसामु हारगुहार माग्यो । छिमेकीसित रोइकराई गर्यो । कसैले सुनेन । भनौँ, सुनुवाइ भएन । गाउँबाट टोली फिर्ता भयो । उसका बँचेखुचेका खुसी र आशा पनि फिर्ता भयो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल १ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…