Sansar News- Nepal's Fast Khabar Online News Portal

बुढाथोकीको नियात्रा संग्रह ‘छुकछुके रेल’ बजारमा

संसार न्यूज़
७ दिन पहिले
बुढाथोकीको नियात्रा संग्रह ‘छुकछुके रेल’ बजारमा

काठमाडौँ । साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह बेलग्रेभको ‘छुकछुके रेल’ शनिबार ( मंसिर १४) मा सार्वजनिक गरिएको छ ।

सङ्ग्रहको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नियात्रा लेख्नु लेखक साहित्यकारको दायित्व हो भन्दै साहित्यकार व्यक्ति मात्र नहुने भएकाले समाजका प्रति दायित्व पूरा गर्न उसले लेख्नुपर्ने बताए ।

कुलपति उप्रेतीले नियात्राले विश्वका मुलुकसँग नेपाली पाठक परिचय हुनसक्ने बताउँदै सर्जक बुढाथोकीले आफूले देखेका र अनुभव गरेका सन्दर्भलाई इमान्दारीपूर्वक सङ्ग्र्रहमा समेटेको बताउँदै लेखकका लागि इमान्दारी आवश्यक हुने र त्यसमा पनि नियात्राका लागि इमान्दारी अति महत्वपूर्ण हुने समेत बताए ।

नियात्रा समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले समाज नेपाली नियात्रा विधाको विकास तथा विस्तारका लागि आगामी दिनमा पनि सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै नेपाली पाठकका लागि बुढाथोकीको बेलग्रेभको छुकछुके रेल पठनीय रहेको बताए ।

त्यस्तै समीक्षक डा नारायण चालिसेले कविता, मुक्तक, गजलमा स्थापित बुढाथोकीले नियात्रामा समेत विशिष्ट पहिचान बनाउनुभएको विचार व्यक्त गरेका थिए भने समीक्षक ज्ञानु अधिकारीले बुढाथोकी इमान्दार लेखक रहेको र त्यो इमान्दारी सङ्ग्र्रहमा उतारेको पाइएको बताइन् ।
नियात्रा समाज नेपालका महासचिव मोहन चापागाईं, कवि प्रोल्लास सिन्धुलीय तथा बाबु त्रिपाठीले पनि सङ्ग्रहका विभिन्न पक्षमा प्रकाश पारेका थिए ।

सर्जक तथा साहित्य साधक बुढाथोकीका यसअघि किरिङमिरिङ सडकमा अलपत्र नियात्रा सङ्ग्र्रहसहित कविताका पाँच, गजलका तीन र मुक्तकका तीनवटा सङ्ग्र्रह प्रकाशित भइसकेका छन् । उनको सम्पादन तथा प्रकाशकत्वमा विगत २६ वर्षदेखि शिवपुरी सन्देश साहित्यिक त्रैमासिक निरन्तर प्रकाशित भइरहेको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…