१५ मसिंर, काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कास्की : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएका छन् ।
उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।