back

एनआरएनए बेल्जियमद्धारा केन्द्रीय उपाध्यक्ष डा. केसीलाई स्वागत

वि.सं.२०७६ मंसिर १५ आइतवार

114 

shares
NTC AD
Global IME AD

१५ मंसिर, बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा. बद्रि केसीलाई बेल्जियममा  स्वावगत गरिएको छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा नोभेम्बर ३० मा आयोजित औपचारिक समारोहकाबीच डा. केसीलाईसम्मान तथा स्वागत गरिएको हो ।

सोहि अवसरमा एक अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा एनआरएनएको रुपान्तरण कसरी सम्भब छ भन्नेबारे समेत बहस भयो । बहसको संचालन गर्दै एनआरएनए बेल्जियमका महासचिब तिर्थ धमलाले आफ्ना प्रतिक्रिया र जिज्ञासा राख्न उपस्थित एनआरएनहरुलाई समय उपलब्ध गराएका थिए ।

छलफलमा उठेका प्रतिक्रियाबारे कार्यक्रमका प्रमुख बक्ता डाक्टर केसीले संगठनको तर्फबाट आफ्ना कुराहरु राखेका थिए । एनआरएनएले अहिलेसम्म गरेका लगानी,परोपकारी कार्य र नेपालको पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा गरेका अनगिन्ती प्रयासहरुलाई प्रचार गर्नुपर्ने बताए । उनले सेवामुलक लगानी, उत्थान उन्मुख च्यारिटी र पहिचान उन्मुख समृद्दिले संस्थागत रुपान्तरणमा ठुलो भूमिका खेल्ने बताउदै संस्थाको आधारमा सहुलियत लिएर खोलिएका विभिन्न गैह्रआबासिय इन्स्च्यिुट्हरु मातहतमा ल्याइनु पर्ने समेत जनाए ।

गैह्रआबासिय संघको निक्षेपमा बनि सकेका र बन्दै गरेका विभिन्न प्रोजेक्टहरुमा जोडिन चाहनेहरुले त्यसको बिश्वासनियताको आधार हेरेर मात्र लगानी गर्न सुझाए पनि उपाध्यक्ष डा. केसीले सुझाएका थिए ।

त्यस्तै अर्का विशिष्ट अतिथि बक्ता एनआरएनएका केन्द्रिय सहकोषाध्यक्ष लोक दाहालले बेल्जियममा केन्द्रीय उपाध्यक्षलाई सम्मान तथा स्वागत गर्दै संस्थामा हुर्किदै गरेका अराजकता, अनुशासन हीनता, अपारदर्शिता र बेथितिहरूको विरुद्ध सर्वप्रथम नीतिहरूलाई ब्यवस्थित गर्दै कार्यान्वयनमा लगिनु आवश्यक रहेको बताए ।

दाहालले संस्थागत लक्ष्यहरू प्राप्तिको लागि सो अनुकुल विधान र कार्यशैलीको रुपान्तरण आबस्यक रहेको समेत जनाए । साथै सबै एनआरएनहरुलाई आफ्ना कुराहरु पारदर्शी बनाउदै संस्थागत हितका निस्कर्षहरु छलफलमा ल्याउन आग्रह समेत दिए ।

उक्त सम्मान तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनएका निबर्तमान अन्तराष्ट्रिय महिला संयोजक रजनी प्रधान, निबर्तमान युरोप संयोजक शिब बरुवाल, संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, बेल्जियमकी निबर्तमान महिला संयोजक हरि भट्टराई,पत्रकार ओम शर्मा, उपाध्यक्ष खड्क केसी, कोषाध्यक्ष प्रकाश गिरि, सदस्य सरस्वती सुबेदी लगायत अधिकांश अभियन्ताहरुको समुपस्थिति रहेको थियो ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...