back

विद्या भ‪ट्टराई फराकिलो मतान्तरका साथ विजयी

वि.सं.२०७६ मंसिर १५ आइतवार

150 

shares
NTC AD
Global IME AD

१५ मंसिर । कास्की जिल्लाको दुई नम्बर क्षेत्र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई फराकिलो मतान्तरका साथ विजयी भएकी छिन् ।

शनिबार भएको निर्वाचनमा उनले निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई ८४०९ मतान्तरले पछि पारेकी हुन् । उनले २४३९५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

२०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो ।

निर्वाचित भट्टराई दिवङ्गत अधिकारीको धर्मपत्नी हुन् । भट्टराई विद्यार्थी कालमा राजनीतिमा सक्रिय भई अनेरास्ववियुको केन्द्रीय सचिव थिइन् । उनी शिक्षण पेशामा आबद्ध थिइन् ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १९:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...