Sansar News- Nepal's Fast Khabar Online News Portal

डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित

संसार न्यूज़
६ महिना पहिले

१६ मङ्सिर, डडेल्धुरा । डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ ।

एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले गर्दा नियमित औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको छ ।

तीमध्ये आठ शिशुसमेत एचआइभी सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटी लिइरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । करीब १० वर्षदेखि एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमित पशुपति साउदले भने, “कामको सिलसिलामा भारत गएका श्रीमान्बाट नै म सङ्क्रमित भएको हुँ, सोही रोगले करीब १० वर्ष अगाडि मेरा श्रीमान् बितेका हुन् । श्रीमान् पनि रहेनन्, सहारा पनि छैनन् । अब गरी खानका लागि सीप सिक्न पाए हुन्थ्यो ।”

उनीलगायत अन्य एचआइभी सङ्क्रमितलाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ । रोजगारीका लागि भारत जाने गरेका युवामार्फत नै एचआइभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दको भनाइ छ । उनले भने, ‘जिल्लामा रहेका एआरटी लिइरहेका ९६ जना एचआइभी सङ्क्रमितहरू सबै भारतमा रोजगारी गर्न गएकामध्येका नै हुन् ।”

गरिबीका कारण रोजगारीका लागि भारत पुग्ने उनीहरू नै सङ्क्रमित भएको भेटिने चन्दले बताउनुभयो । खुला सिमाना भएको र सीमामा कुनै जाँच नै नहुने हुँदा भारत जाने मानिसमा बढी एचआइभी सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । भारत जाने–आउने सङ्क्रमितले नियमित औषधि नलिँदा र जाँच नगर्दा एचआइभी सङ्क्रमितको तथ्याङ्कसमेत राख्न सरोकार भएको कार्यालयलाई समस्या भएको छ ।

जिल्लाका अन्य क्षेत्रसँगै भित्री मधेश जोगबुढाबाट कामका लागि भारत जानेको सङ्ख्या पनि धेरै छ । अधिकांश मानिस घरमा काम हँुदा फर्किने र बाँकी समय घरपरिवारको खर्च धान्नका लागि ज्यालादारी गर्न भारत जाने गर्छन् । असुरक्षित यौन सम्पर्क, लागुऔषध सेवन र सुई तथा अन्य माध्यमले एचआइभी सङ्क्रमित हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…