back

कास्की समाज बेल्जियमद्धारा स्कुलललाई फर्निचर हस्तान्तरण

वि.सं.२०७६ मंसिर १६ सोमवार

252 

shares
NTC AD
Global IME AD

१६ मंसिर, पोखरा । कास्की समाज बेल्जियमले पोखरास्थित एक स्कुललाई फर्निचर हस्तान्तरण गरेको छ ।

समाजले मंसिर ५ गते कास्की जिल्ला पोखरा नगरपालिका वडा नं १६ लेखनाथ, अर्घौमा रहेको सिर्जना बहिरा आवाशीय माध्यमीक विद्यालयलाई ५ लाख रुपैयाँ बराबरको फर्निचर हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालिकाका शिक्षा विभागका प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर गुरुङको प्रमुख आतिथ्यता, समाजसेवी श्रीमती कृष्ण श्रेष्ठ, कास्की समाज बेल्जियका अध्यक्ष डिल्लीराम भण्डारी, समाजका पूर्वसल्लाहकार भोज जिसीको विशेष आतिथ्यता तथा विद्यालय संचालक समितिको अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरु, शिक्षक शिक्षिका, अभिभावक एवं विद्यालय संचालन समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा सबैलाई स्वागत गर्दै विद्यालयकी प्रधानाध्यापक अनिता सिग्देल पहारीले आफ्नो विद्यालयलाई यसरी टेबल, बेन्च लगायतका फर्निचर समान सहयोग गरेको भन्दै समाज र सम्पूर्ण सहयोगीदातामा धन्यवाद व्यक्त गरेकी थिइन् । उनले विद्यार्थीको पठन पाठनमा अत्यन्त सहजता भएको भन्दै समाजको सहयोग कहिल्यै नभुल्ने बताउँदै खुसी व्यक्त गरेकी थिइन् । उनले सबै सहयोगीको नाम विद्यालयको रेर्कड फाइलमा राखिने समेत बताइन् ।

त्यस्तै समाजसेवी कृष्ण श्रेष्ठले आफू पहिले बेल्जियममा रहँदा र हाल नेपालमा रहँदा पनि लायन्स क्लव लगायतका विभिन्न संस्थाहरुमा काम गरिरहेको तर विद्यालयका बारेमा जानकारी नभएको बताउँदै समाजले गरेको सहयोगको मुक्तकण्ठले प्रसंसा गरेकी थिइन् ।
समाजका भुतपूर्व सल्लाहकार भोज जिसीले प्रदेशमा बसेर गरेको श्रम र संघर्षबाट केही रकम बचाएर बेल्यिमबासी कास्केलीहरु एवं अन्य मित्रहरुको तर्फबाट सहयोग गर्न पाएकोमा खुसी लागेको बताएका थिए ।

त्यस्तै समाजका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि डिल्लीराम भण्डारीले उपस्थित सबैलाई धन्यवाद दिँदै आफूहरुको सानो सहयोगले विद्यालय परिवार खुसी भएको देख्दा भविष्यमा पनि थप सहयोग गर्दै जाने प्रेरणा मिलेको बताएका थिए । अध्यक्ष भण्डारीले विद्यार्थीलाई अग्र्यानिक खाना खुवाउनु र शिक्षक, विद्यार्थी र अभिभाव तथा सबैले लत्ता कपडा, खाद्यान्न लगायतका सबैकुरा स्वदेशी नै प्रयोग गर्न समेत अपिल गरेका थिए । उनले विद्यालयमा धेरै समस्या देखिएको र सरकारी विद्यालय भएकोले सरकारले सहयोग पठाउनुपर्ने माग प्रमुख अतिथि गुरुङमार्फत् अनुरोध गरेका थिए ।

सोहि अवसरमा प्रमुख अतिथि गुरुङले विदेशमा बसेर पनि स्वदेशी माटो सम्झेर सहयोग गरेकोमा सम्पूर्ण सहयोगीदाता र यसको अभियानकर्ता कास्की समाज वेल्जियमलाई विशेष धन्यवाद दिएका थिए । उनले भविष्यमा पनि विदेशमा सिकेको ज्ञान, सीप र कमाएको पुँजीलाई स्वदेशमा लगानी गर्न अपिल गरेका थिए ।

त्यस्तै कार्यक्रमका अध्यक्षले कास्की समाज बेल्जियमलाई धन्यवाद दिँदै भविष्यमा पनि थप सहयोगको अपेक्षा राखेको बताए ।

प्रमुख अतिथि र विशेष अतिथिहरुद्धारा पानसमा बत्ति बालेर उद्घाटन गरिएको उक्त हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय गानका साथै विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

कक्षा १ देखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा देशका ४३ जिल्लाबाट २५८ बहिरा बालबालिकाहरु अध्ययनरत छन् ।
कास्की समाज बेल्जियमको केही रचनात्मक कामगर्ने संकल्प अनुरुप उक्त विद्यालयमा विद्यार्थीहरु खाना खान र लेखपढ गर्न आवस्यक फर्निचरहरुको अभाव देखिएपछि विद्यालयको अनुरोधमा समाजले सहयोग गरेको समाजका अध्यक्ष डिल्लीराम भण्डारीले संसारन्युजलाई बताए ।

समारोहको अन्त्यतिर अतिथिहरुद्धारा विद्यालय परिवारलाई फर्निचार हस्तान्तरण गरिएको थियो भने विद्यालयले प्रमुख अतिथि गुरुङ र समाजका अध्यक्ष भण्डारीलाई मायाको चिनो स्वरुव ‘करुवा’ प्रदान गरेको थियो ।

वि.सं.२०७६ मंसिर १६ सोमवार ११:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

मङ्लगबारे (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी...