back

१३औँ सागमा नेपाललाई पहिलो स्वर्ण पदक

वि.सं.२०७६ मंसिर १६ सोमवार

171 

shares
NTC AD
Global IME AD

१६ मसिंर, काठमाडौँ । नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । उनले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

श्रेष्ठले २५.७२ अङ्क जोडे । यता रजत पदक हात पारेका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोडे ।

त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल भएका छन् ।

नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता कातामा नेपाल स्वर्णविहीन हुँदै आएको थियो ।

चञ्चलाले रजत
त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । उनी फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित भए । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोड्दा साहिदाले २४.६२ अङ्क जोडिन् ।

यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी थिइन् ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १३:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...