Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकाबाट पूर्वसचिव उपाध्यायले लेखे सामान्य प्रशासन मन्त्रीलाई खुलापत्र

संसार न्यूज़
१० महिना पहिले
अमेरिकाबाट पूर्वसचिव उपाध्यायले लेखे सामान्य प्रशासन मन्त्रीलाई खुलापत्र

१७ मंसिर, अमेरिका । भ्रमणका क्रममा अमेरिका पुगेका पूर्वसचिव भिम उपाध्यायले सामान्य प्रशासनमन्त्री हृदयदेश त्रिपाठीलाई खुलापत्र लेखेका छन् ।

मंसिर ५ को मन्त्रिपरिषद्को बैठकबाट   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालको जिम्मेवारी पाएका त्रिपाठीलाई पूर्वसचिव उपाध्यायले निजमति सेवा ऐन, कर्मचारीको रिटार्यडमेन्ट, सचिवमा कलष्टर प्रणली, काममा गुणस्तरीयता, लगायतका विषयमा सुझावसहितको खुलापत्र लेखेका हुन् ।
यस्तो छ उपाध्यायले मन्त्ती त्रिपाठीलाई लेखेको खुलापत्र

‘खुलापत्र : नवनियुक्त सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीज्यू,

तपाई एक लामो अनुभवी नेता र पूर्वमन्त्री हुनुहुन्छ । निजामती सेवा ऐनलाई कम भन्दा कम कचल्टाएर पास गराउनु होला । धेरै स्वार्थी र गवाँर तत्वहरू यो ऐनलाई तन्नम् बनाउनमा न्वारानको बल लगाईरहेको देखिन्छन् ।

१. ऐनलाई कर्मचारी मैत्री, संघीयतामैत्री, जनमैत्री र कार्यान्वयनयोग्य बनाउनु पर्छ ।

२.रिटायरमेन्ट उमेर साबिककै ठिक छ ५८ वर्ष, किनकि अबको युगमा डिजिटलमैत्री एवं आईटी–पोख्त नयाँ पुस्ताका कर्मचारी ह्वात्तै भित्राउनुपर्छ ।

३. सचिबमा क्लष्टर प्रणाली कि पूरै खारेज गर्नुपर्छ, कि पूरानै कायम गर्नुपर्छ । यसलाई अधमरो बनाउदै चलाउने नौटंकी घातक हुन्छ, जसमा षडयन्त्र लुकेको प्रष्ट छ ।

४. गुणस्तरीयता कायमगर्न कर्मचारी भर्नाको परीक्षा प्रणाली संघीय लोकसेवा जस्तो रोबस्ट हुनुपर्छ । अन्य काम गरे पनि परीक्षा लिने र नतिजा निकाल्ने त्यो काम सरकारी प्रदेश लोकसेवाले भन्दा स्वतन्त्र, संबैधानिक शक्तिसम्पन्न आजसम्मको एकमात्र ऐतिहासिक सफल संघीय लोकसेवाले गर्नु रोबस्ट हुन्छ ।

५. पेन्सन प्रणाली यथावत राख्नुपर्छ । सरकारले सुरूदेखि पेन्सन कोष थप गर्न सक्छ ।

६. बढुवामा प्रतिष्पर्धा जुन तहको सेवाबाट पनि जुन तहमा गर्न पाउने हुनुपर्छ ।

७. सरूवा प्रणाली पनि निश्चित अवधि पूरा भएपछि अन्तरप्रदेश, अन्तर स्थानीय तह र संघीय सेवामा हुन पाउने गरिनुपर्छ ।

८. रिटायर कर्मचारीका बारेमा अविवेकी उल्लु कुरा ऐनमा राखेर जग हसाउने काम रोक्नुपर्छ । निजामती ऐनले सबै ऐनलाई नियमन गर्ने हुन सक्दैन । सरकारी सेवा वा राज्यको लामो सेवा गरिसकेर पाउने भरणपोषण वा पेन्सनलाई कुनै फौजदारी कानुनबिना रोक्न सक्दैन । विभिन्न सरकारी सेवाका पौने ३ लाख राष्ट्रसेवकले अहिले पेन्सन बुझिरहेका छन् ।

९. पेन्सनवाला ब्यक्ति स्वतन्त्र जनता हो, यति पनि हेक्का नराख्ने बुद्धि नभएको जनप्रतिनिधिहरूप्रति प्रबुद्ध कर्मचारी र जनताले सम्मान गर्न सक्दैनन् । यस्ता कुराहरूमा सेवानिवृत्त कर्मचारी संगठनका प्रबुद्ध वर्गको सल्लाहमा काम गर्नुहोस् ।

१०. निजामतीमा कर्मचारी युनियन खारेज गराउनु होस् ।

११. नेपालको सरकारी सेवामा रहेका करिब ६ लाख कर्मचारी मध्ये निजामती सेवामा ९० हजार मात्र कर्मचारी छन् । निजामती ऐनले बाँकी ५ लाख कर्मचारीलाई नियमन र नियन्त्रण गर्न सक्ने हुदैन । त्यसैले धेरै माथापच्ची नगरेर सर्लक्क सजिलो तरिकाले यथाशिघ्र संघीय ऐन जारी गरेर बिलम्बित अन्योल र अनिश्चिततालाई समाप्त गरिहाल्नुस् । आफ्नो शरीरको अंग हातखुट्टा–(कर्मचारीवर्गँंग आत्मघाती पैठाजोरी खेल्न बन्द गराउनुहोस् ।’ (अमेरिकाबाट)

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…