१९ मंसिर, काठमाण्डौं । बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।
पहिलो चरणमा जापान फाउन्डेशनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्र्र्तीण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एकजना पास भएको समाचार विहिबारको गोरखापत्र दैनिकमा रहेको छ ।
भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’ मार्फत् एकहजार जना छनौटमा परेका थिए । ती मध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनौटमा ४९७ जना परीक्षामा सहभागी थिए ।
जसमा ५६ जनामात्र उत्र्तीण भए । उत्र्तीण भएका मध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर,भाषा परीक्षामा एकजना मात्र उत्र्तीण भए भने सीप परीक्षामा सबै असफल भएका छन् ।
जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिसरह सेवा सुविधा दिएर जापानमा नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ मा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौता अनुसार भाषा र सीप दुवैमा उत्र्तीण भएमात्र जापान जान सकिन्छ । तर सीप परीक्षामै पहिलो चरणमा सहभागी भएका मध्ये एकजना पनि उत्र्तीण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।