back

१४ वर्षे बालक ११ वर्षदेखि बाँधिए दाम्लोमा

वि.सं.२०७६ मंसिर १९ बिहीवार

219 

shares
NTC AD
Global IME AD

१९ मङ्सिर, काठमाडौँ । शारीरिक अपाङ्गता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका लोक्चाङ तामाङलाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।

मानसिक तथा शारीरिक अवस्था कमजोर भएका तामाङलाई ११ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । शारीरिक अपाङ्गता भएका तामाङ जन्मजातनै शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।

बालक हिँड्न, डुल्न र बोल्न सक्दैनन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बालकका बुबा मनी लोक्चान तामाङले बताए । मनीका अनुसार टीकाले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण जन्मेको तीन वर्षदेखिनै बाँधेर राख्न थालिएको हो । “टीकालाई हेर्न एकजना दिनभर कुरुवा बस्ने अवस्था छैन, घरको काम पनि गर्नै प¥यो”, उनले भने “कुरेर बस्न नसक्दा बाँधेर राख्नुको विकल्प छैन ।”

रातको समयमा बोकेर घर भित्र लैजाने भए पनि दिनमा घरको पिढीमा बाँधेर राख्दै आएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारका माइलो छोरा टीकाको हेरचाह मात्र गरेर नभएको भन्दै मनीले दिनभर कृषिकर्ममा लाग्नुपरेको बताए ।

“छोराको उपचार गर्न पाल्पाको प्रभास अस्पतालमा लगेको थिए, चार पाँच लाख खर्चसमेत गरे, उपचार भएन”, मनी तामाङले भने, “उपचारमा सङ्लग्न डाक्टरले उपचार गर्न प्रयास गरेपनि सफल भएनन्, असमर्थ भएको जानकारी दिएपछि फिर्ता आएको हो ।” ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको टीकाकी आमा सुकिला तामाङले दुखेसो पोखीन् ।

तामाङ परिवारको पाँच सन्तानमध्ये टीका दोस्रो सन्तान हुन् । हालै गाउँपालिकाले अपाङ्गता परिचयपत्र बनाएर महिनाको रु तीन हजार अपाङ्गता भत्ता बाहेक अरु केही सहयोग नपाएको परिवारको गुनासो छ । (रासस)

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...