१९ मङ्सिर, काठमाडौँ । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।
काठमाडौँको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जित्यो । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेकी हुन् । मगरले निर्धारित दूरी १ मिनेट २०।२० सेकेण्ड समय लगाउँदै पूरा गरे ।
साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन् । उनले १ मिनेट ३५।५२ सेकेण्डमा खेल पूरा गरे । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारे । उनले निर्धारित दूरी १ मिनेट ३६।२९ सेकेण्डमा पूरा गरे । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।