Sansar News- Nepal's Fast Khabar Online News Portal

ओलम्पिकको भब्य उद्घाटन, १० हजार ४ सय खेलाडी सहभागी

संसार न्यूज़
४ वर्ष पहिले
ओलम्पिकको भब्य उद्घाटन, १० हजार ४ सय खेलाडी सहभागी

oly2

२३ साउन, रियो दि जेनेरियो (ब्राजिल) । ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको ब्राजिलले राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार शनिबार ४ः४५ बजे बिहानै औपचारिक उद्घाटन गरेको छ ।

ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराडाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत गरको छ ।

ओलम्पिकको आयोजकहरूले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शनकाबीच स्थानीय समयानुसार शुक्रबार बेलुका ८ बजे भएको उद्घाटन समारोहले मुलुकको शान चम्काउने आशा गरेका छन् ।

“मलाई विश्वास छ, उद्घाटन समारोह ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बन्नेछ”¬–उद्घाटन समारोहको तयारीमा जुटेका सिर्जनशील निर्देशकहरूमध्ये एक फर्नान्डो मेरिलिजले भन्नुभयो ।

सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरूलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले बताउनुभयो ।

खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाउने छन् । रासस÷एएफपी

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…