Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् यस्तो छ तपाईको आज (मंसिर २१ गते) को राशिफल

संसार न्यूज़
१ महिना पहिले
हेर्नुहोस्  यस्तो छ तपाईको आज (मंसिर २१ गते) को राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ । परिस्थितिवश काममा बाधा पुग्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ ।

कर्कट-हि, हु, हे, हो, डा, डि, डु, डे, डो

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिनेछन् र घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने लेनदेनमा विवाद हुन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउनेछ । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । तापनि मिहिनेतले सफलता दिलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । गृहस्थीले मनमा आनन्द दिलाउनेछ । परिवारजनको साथले आशा जगाउनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्दै दिगो फाइदा हुने काम हात पार्ने मौका छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आफन्तबीच आत्मीयतामा कमी आउला । पारिवारिक योजना बिस्तारै फलदायी हुनेछन् । पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन् । विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ ।

 

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…