“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव” को नारा सहित तमु धिं युकेले तमुहरुको महान पर्व ल्होछारको अवसरमा ३१ डिसेम्बरका दिन विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर ल्होछार मनाउने तयारी गरेको छ ।
विभिन्न कलाकारहरुको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा युकेमा रहेका सम्पूर्ण तमु समुदाय तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिनु हुन पनि तमु धिं युकेले अनुरोध गरेको छ ।
वि.सं.२०७३ मंसिर १९ आइतवार ११:५० मा प्रकाशित