back

मरभूमिमा अस्ताइन् नेपाली चेली सुकमाया

वि.सं.२०७६ मंसिर २३ सोमवार

144 

shares
NTC AD
Global IME AD

२३ मंसिर, काठमाण्डौं । युएईमा कार्यरत एक नेपाली चेलीको निधन भएको छ ।  युएईको सारजहामा कार्यरत चितवनकी सुकमाया टमाटाको डिसेम्बर ५ मा मृत्यु भएको हो ।

चितवन आपटारीकी टमाटा डिसेम्बर ४ मा काम सकेर किनमेलका लागि बजार गएका बेला अचानक बेहोस् भएकी थिइन् । बेहोस् भएकी उनलाई आफू बस्ने कोठामा ल्याएका साथिहरुले उनी पुन बेहोस् भएपनि आजमानस्थित खलिफा अस्पतालमा पुर्याएका थिए । तर, अर्कोदिन बिहान ५ डिसेम्बरमा सुकमायाले संसार छाडेको डाक्टरहरुले घोषणा गरे ।

मुटुको समस्याले पीडित सुकमायाको हृदयघातबाट मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताइएको छ ।

अर्कोदिन बिहान नेपाल फर्कने तयारीमा रहेकी टमाटाको अघिल्लो दिन मृत्यु भएको युएईमै रहेका उनका भाइ कमल टमाटाले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

२ वर्ष अघि सारजहाको एक स्कुलमा हाउस किपिङका रुपमा युएईमा काम गर्न पुगेकी २३ वर्षीया टमाटाकी श्रीमान र ४ वर्षकी छोरी रहेको बताइएको छ ।

उनी एकमहिना अघिमात्र नेपाल आएर पुन : युएई फर्किएको र मुटुको समस्याले थलिएपछि पुन ः नेपाल फर्कन लागेको बताइएको छ ।

उनको शब नेपाल पठाउनका लागि दूतावासले पहल गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १६:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...