back

प्रदूषण नियन्त्रण गर्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन

वि.सं.२०७६ मंसिर २६ बिहीवार

126 

shares
NTC AD
Global IME AD

२६ मसिंर, सिड्नी ।  अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् ।

प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाएका छन् ।

अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै गएको र धरै मानिसलाई असर पार्न थालेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।

पछिल्लो समयमा अस्पतालमा आउने बिरामीमध्ये वायु प्रदूषणका कारण बिरामी भएर आउनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

प्रदूषणको मात्र मङ्गलबार पनि बढेर अत्यधिक धेरै भएको विज्ञ तथा सरकारी अधिकारीहरूले नै बताएका छन् ।

प्रदूषणले बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्ने र बिरामी बनाउने भएकाले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रदूषणको असर न्यून गराउन भन्दै केही दिन अगाडि विद्यालय तथा केही कार्यालयहरूसमेत बन्द गरिएको थियो ।

प्रदर्शनकारीहरूले बढी प्रदूषण गराउने प्रकारका सवारी साधनहरू चल्न नदिन र प्रदूषण नियन्त्रणका अन्य उपायहरू अपनाउन पनि आग्रह गरेका छन् ।

प्रदर्शनमा झण्डै पाँच हजार सहभागी भएका थिए भने प्रदूषण नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“देश अहिले आगोमा छ,” प्रदर्शनमा सहभागी २६ वर्षीय सामुअल विल्कीले भने, “राजनीतिक नेताहरूलाई कुनै मतलव नै छैन ।”

“हाम्रो सरकारले यसका लागि केही गरेकै छैन, कसैले केही सुनेकै छैन, कसैले केही गरेकै छैन, किन हो ?” अर्को २९ वर्षीय प्रदर्शनकारी जारा जेओले भने ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...