back

हिमपातले आखलढुंगाका किसानमा उत्साह

वि.सं.२०७६ मंसिर २८ शनिवार

207 

shares
NTC AD
Global IME AD

२९ मंसिर, ओखलढंगा । मङ्सिरमा परेको हिउँले किसान उत्साहित भएका छन् । समयमै परेको हिउँले खेतबारीमा लगाइएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन् ।

सुख्खाग्रस्त क्षेत्रमा बाली फष्टाउने र उत्पादन बढ्ने सम्भावना देखिएको पात्लेका किसान डेण्डी शेर्पाले बताए । विगतका वर्षमा पुस अन्तिममा मात्रै हिउँ पर्ने क्षेत्रमा पनि यस वर्ष मङ्सिरमै हिउँ परेको उनको भनाइ छ । “पोहोरतिर पुस माघमा मात्रै हिउँ पथ्र्यो, यस वर्ष बेलैमा हिउँ परेको छ, हामी किसानका लागि यो राम्रो हो”, शेर्पाले भने, “एक्कासि चिसो बढ्दा जनजीवनचाँही अलिक कष्टकर नै छ, कतिपयले न्यानोको जोहो गर्न भ्याएका थिएनन् तर जाडो भए पनि गहुँ सप्रिन्छ, तरकारी राम्रो फल्छ ।”

सोलुखुम्बुका सबैजसो उच्च भूभागसहित जिल्लाका खिजीदेम्बा, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका क्षेत्रका उच्च भागमा हिउँ परेको छ । त्यस क्षेत्रमा हिउँसँगैको आकाशे पानीका कारण मानिस र पशुचौपाया चिसोको मारमा छन् । माथिल्लो सगरमाथाका जिल्लामा शुक्रबारदेखि भारी हिमपात भएको छ । ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ परिरहेको छ । जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।

हिउँमा रमाउने बढे

चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । हिउँमा रमाउनका लागि जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका व्यक्तिको घुइँचो लागेको जन्तरखानीका घरवास सञ्चालक हरिकुमार मगरले बताए । “हिउँ परिरहेको छ, चिसोले बालबालिका र वृद्धवृद्धामा समस्या भए पनि हिउँ खेल्न आउने युवाको बिहानैदेखि घुइँचो लागेको छ”, उनले भने “हिउँ परेको थाहा पाउने बित्तिकै हुलका हुल मान्छे आउँछन्, चिसो हिउँमा रमाएर जान्छन् ।” ओखलढुङ्गाको ठाडे जन्तरधापदेखि सोलुखुम्बुको पत्ताले क्षेत्रमा हिउँले आन्तरिक पर्यटक बढाएको छ ।

वि.सं.२०७६ मंसिर २८ शनिवार १३:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...