back

बिरामीले ओढ्ने ओछ्याउने बोकेर स्वास्थ्य सेवा लिन आउनेक्रम जारी

वि.सं.२०७६ पुस ४ शुक्रवार

105 

shares
NTC AD
Global IME AD

४ पुस, महोत्तरी । बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ ।

स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ ।

खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार शिविरमा उपचार गर्न आउनुभएका बिरामीमध्ये २४३ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि अझै बिरामी आउनेक्रम जारी छ । शिविरबाट हालसम्म नौ हजार ५४३ महिला र सात हजार १५४ पुरुष बिरामी उपचार पाएका डा खत्रीले बताए ।

पुस ५ गतेसम्म शिविर सञ्चालन हुने कार्यक्रम बनाइएको छ । स्थानीयको मागमा शिविर एक दिन थप गर्ने सम्भावना रहेको बताइएको छ । उपचारका लागि शिविरमा तीन हजार बिरामीले अग्रिम नाम दर्ता गराइसकेका छन् । जचाउन आएकी स्थानीय ६२ वर्षीया काशीकुमारी देवीको पाठेघरबाट पाँच किलो तौलको ट्युमर निकालिएको छ ।

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले चिकित्सकबाट सेवा लिनुभएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराउन महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आएका शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ । महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिए ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १४:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...