Sansar News- Nepal's Fast Khabar Online News Portal

वैदेशिक रोजगारीका क्रममा कमाएको पैसा ऋण तिर्दै ठिक्क

संसार न्यूज़
४ महिना पहिले
वैदेशिक रोजगारीका क्रममा कमाएको  पैसा ऋण तिर्दै ठिक्क

‘देश भित्र उत्पादन भएका वस्तु निर्यात गरेर आयात व्यापारलाई प्रतिस्थापन गर्ने गरि ठोस योजना र कार्यक्रमिक प्रतिबद्धता नहुँदा निर्यातको तुलनामा अहिले आयात व्यापार १४ गुणाले बृद्धि भएको छ । यसले गर्दा डरलाग्दो व्यापार घाटा बढ्दै गएको छ, यसले गर्दा भुक्तानी सन्तुलनमा नकारात्मक प्रभाव परेको छ, र रेमिटान्स बापत देशभित्र आउने विदेशी मुद्रा केवल आयात व्यापारको माग अभिबृद्धि गर्न मात्र सहयोगसिद्ध भएको छ ।’ कामरेड प्रतापले कुरो राखे ।

‘नेपालमा २०६२÷०६३ मा राजनैतिक क्रान्ति सम्पन्न भएर गणतान्त्रिक व्यवस्था स्थापना भएको छ । ७० वर्ष लामो सामान्तवाद विरोधी राजनीतिक आन्दोलनको सफलताबाट मुलुकमा गणतन्त्र स्थापना भएको छ । अब आर्थिक विकास र समृद्धि हासिल गरेर समाजवादको दिशामा मुलुकलाई अगाडी बढाउनु पर्ने अभिभारा मुलुकका सामु आएको छ । सँगसंगै मुलुकको आर्थिक विकास र समृद्धिको जगमा मुलुकको अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउन जरुरी छ । आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रले मात्र मुलकको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ ।’ बिषय प्रवेश गर्दै कामरेड प्रेमलले भने ।

‘नेपालमा हरेक वर्ष ५ लाखका दरले श्रम शक्ति विश्व बजारमा पदार्पण गर्दछन् । देश भित्र कुल श्रम शक्तिको ३८.५ प्रतिशतले मात्र रोजगारीमा लागेको अनुमान छ र बाँकी संख्या बेरोजगारको संख्या रहेको देखिन्छ । यहि भएर बेरोजगार मानिसहरू वैदेशीक रोजगारीमा गएका छन् । यतिखेर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम रेमिटान्स बनेको छ । झण्डै २ लाख महिला र ४२ लाख पुरुष गरी ४४ लाख श्रम शक्ति वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारीमा गएका मध्ये दक्ष १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४.५ प्रतिशत कामदार रहेका छन् । सरकारले ११० वटा देश सँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ । नेपालमा वैदेशिक रोजगारी बापत वार्षिक झण्डै ८०० अर्वको हाराहारीमा रेमिटान्स भित्रिने गरेको छ । नेपाल विश्वमा उन्नाईसांै र दक्षिण एशियामा चौंथो देशको रुपमा रेमिटान्स भित्र्याउने देशमा पर्दछ । र यही रेमिटान्स रकमले अर्थतन्त्रलाई गति दिइरहेको छ । वार्षिक ८ खर्बको हाराहारीमा राजश्व संकलन हुने गरे पनि राजश्वबाट मात्र साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा मुलुक पुगीसकेको छ । विकास निर्माणका लागि आन्तरिक तथा वैदेशीक ऋण लिएर विकासका आयोजना संचालन गर्नुपर्ने स्थिति छ ।’ कामरेड देशभक्तले तथ्य राखे ।

‘वैदेशिक ऋणको दायित्व झण्डै १० खर्ब पुगीसकेको छ । राजस्व चुहावट, र विकास निर्माणका काममा भएको ढिला सुस्ती, अनियमितता र भ्रष्टाचारले एकातिर विनियोजित रकम बरावरको रकम खर्च नहुने अर्काेतिर विदेशी ऋणमा संचालित विकास आयोजनामा कन्सलटेन्सी रकमबापत विकास बजेटको झण्डै ४० प्रतिशत रकम विदेश तर्फ नै जाने गरेको तथ्य सार्वजनिक भएको छ । मुलुकमा वि.स २०४८ देखि सरकारले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति अन्तर्गत सरकारी स्वामित्वमा संचालनमा रहेका सिमेन्ट, चिनी, कागज, चुरोट, इट्टा, जुत्ता, लगायतका कारखाना कौडीको मुल्यमा नीजिकरण गरेर बन्द भइसकेका छन्, यसले गर्दा हजारांैले रोजगारी गुमाउनु परेको छ ।’ कामरेड शर्मिलाले भनिन् ।

‘देश भित्र उत्पादन भएका वस्तु निर्यात गरेर आयात व्यापारलाई प्रतिस्थापन गर्ने गरि ठोस योजना र कार्यक्रमिक प्रतिबद्धता नहुँदा निर्यातको तुलनामा अहिले आयात व्यापार १४ गुणाले बृद्धि भएको छ । यसले गर्दा डरलाग्दो व्यापार घाटा बढ्दै गएको छ, यसले गर्दा भुक्तानी सन्तुलनमा नकारात्मक प्रभाव परेको छ, र रेमिटान्स बापत देशभित्र आउने विदेशी मुद्रा केवल आयात व्यापारको माग अभिबृद्धि गर्न मात्र सहयोगसिद्ध भएको छ ।’ कामरेड प्रतापले कुरो राखे ।

‘देशभित्र रोजगारीका अवसर नहुँदा घर जग्गा बिक्री वितरण गरेर वा बैक ऋण सापटी वा गाउँ घरका साहुसँग चर्काे ब्याजमा ऋण सापटी गरेर वैदेशिक रोजगारीमा खाडी मुलुक गएपनि यसरी जाने श्रमिकहरूकले पहिले लिएको ऋण भुक्तानी गर्दा खासै उल्लेखनीय बचत गर्न नसकेको स्थिति छ । रेमिटान्स बापतको रकमले छोराछोरीले प्रारम्भिक शिक्षा राम्रो पाए पनि उमेर पुगेपछि उच्च शिक्षा हासिल गर्नुको सट्टा ती परिवारजनका युवाहरू वैदेशिक रोजगारीतर्फ नै जान बाध्य र लालयित भएको पाइन्छ । मुलुक आर्थिक विकास र समृद्धि हासिल गर्न देश भित्रै औद्योगीकिकरणको थालनी गरेर उत्पादन र रोजगारी वृद्धि गदै उत्पादित वस्तुलाई निर्यात गर्ने रणनीतिक सोंचका साथ आर्थिक नीति तर्जुमा गरि लागू गर्न सकियो भने मात्र स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ । अब पनि देशको युवा शक्तिलाई रोजगारका लागि विदेश पठाउने गरि श्रम निर्यातको सम्झौता गर्नु हुन्न । तसर्थ वैदेशिक रोजगारीलाई क्रमशः न्यून गर्न देशभित्रै सीपमुलक तालीम, पूँजी गराएर युवा शक्तिलाई उद्यमी बनाउनु पर्दछ । वस्तुको बजारको सुनिश्चित गर्न सरकारी तहबाटै ठोस योजना बनाउन जरुरी छ ।’ कामरेड विनोदले सुझाव दिए ।

‘कामरेडहरूको गहकिलो तर्क पार्टी मुख्यालयमा पु¥याउने छु’ कामरेड समाधानले आश्वासन दिए ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? २ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…